अदालतको फैसला पछि एकाएक फेरिए महेश बस्नेत

काठमाडौ । संसद विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमको पक्षमा माहौल बन्न थालेको छ । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् ।‘संसद विघटनको निर्णय पछि भएको अनौपचारीक रुपमा नेकपाको विभाजनले मुलुक राजनीतिक अस्थिरता तर्फ गएको भन्दै उनले पार्टी एकतालाई एजेण्डा बनाउनुपर्ने बताएका छन् ।

उनले नेताहरुले सुझवुझ पुर्ण ढंगले निर्णय लिनुपर्ने सुझाव दिएका छन् । उनले अब कम्युनिष्ट राजनीति र मुलुकलाई बचाउन नेकपा एकता अभियान संचालन गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढेकाले एकताको सान्धर्विकता बढेको उनको भनाई छ ।सँगै, अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ ।बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।

प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपा अनौपचारीक रुपमा विभाजन भएको छ । तर नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम भने पार्टी एकता अभियानमा छन् । उनले प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल समुहले गरेका राजनीतिक गतिविधि पार्टी एकता मर्म विपरित भएको भन्द तटस्थ बसेका छन् । उनले एक महिना अघि पार्टी एकता अभियानको घोषणा गरेका थिए । त्यसको संजाल देश ब्यापी बनाउने अभियानमा छन् ।