सात वर्षयता लगातार जित्दै आएका ओलीको जन्मदिनमै ऐतिहासिक प’राजय

काठमाडौं-सुरुमा उनले वामदेव गौतमको साथ लिएर संसदीय द’लको नेतामा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई प’राजित गरेका थिए। कम्युनिस्ट पार्टीमा यस्तो हुनु आफैँमा आश्चर्यको विषय थियो। तर, ओलीको है’सियत कस्तो थियो भने पार्टी अध्यक्षलाई कि’नारा लगाएर संयुक्त सरकारमा जाने मन्त्रीहरु उनैले छाने। २०७१ सालमा पार्टीको नवौँ महाधिवेशन भयो। माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्ष बने। संविधान जारी गर्ने बेला पनि ओलीको भू’मिका महत्वपूर्ण रह्यो।

मधेशवादी दलहरुको अ’सन्तुष्टिका बाबजूद संविधान जारी भयो। २०७२ असोजमा संविधान जारी भएलगत्तै तत्कालीन नेकपा माओवादीको साथ लिएर ओली प्रधानमन्त्री बने। ना’काबन्दीको प्र’तिरोध गर्न र चीनसँग पा’रवहन सन्धि गर्न ओलीले खेलेको भूमिकाले देशभित्र उनको लोकप्रियता ह्वा’त्तै ब’ढ्यो। तर, सहमतिअनुसार सत्ता आफूलाई दिनुपर्ने मा’ओवादीले माग ग¥यो। ओलीले सहमति पालना गरेनन्। त्यसैले मा’ओवादी र कांग्रेसबीच ग’ठबन्धन भयो। ओली सत्ताबाट बा’हिरिए। तर, सरकारमा रहँदाभन्दा बाहिर बस्दा उनलाई ब’ढी फाइदा भयो।

उनको लोकप्रियता चुलिँदै गयो। ०७४ को स्थानीय चुनावमा एमालेले पहाडी क्षेत्रमा राम्रो प्रदर्शन गरेको थियो। मधेशमा भने कमजोर रह्यो। स्थानीय तहको निर्वाचनलगत्तै २०७४ असोजमा नेकपा एमाले र मा’ओवादीले चुनावी ग’ठबन्धनको घो’षणा गरे। उनीहरुले लामो समयमा अस्थिर राजनीतिबाट गुज्रिएको नेपालमा स्थायित्व र विकास दिने प्र’तिबद्धता व्यक्त गरे। वामपन्थी मत एकै स्थानमा हुँदा गठबन्धनले झण्डै दुई तिहाइ स्थानमा जित हासिल गरेको थियो। त्यसैगरी सो ग’ठबन्धन सातमध्ये ६ प्रदेशमा सरकार बनाउन सफल भयो।

जसमा प्रधानमन्त्री ओलीले चाहेका चार जना मुख्यमन्त्री बनेका थिए। त्यति मात्रै होइन राष्ट्रपतिले पनि उनलाई हरकदम साथ दिएकी थिइन्। विश्लेषकहरुले ओलीलाई राणा शासनपछिको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री समेत भनेका थिए। चुनावको समयमा गरेको बाचाअनुसार नै २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। जसको पहिलो अध्यक्ष ओली बने। तर, सर्वोच्च अदालतले आज प्रतिनिधि सभा वि’घटन ब’दर गर्ने फैसला सुनाएर ओलीको एकपछि अर्को राजनीतिक विजयको शृंखलामा विराम लगाइदिएको छ।

आज नै जुन बेला प्रधानमन्त्री ओली बालुवाटारमा ७० औँ जन्मोत्सव मनाइरहेका थिए। पार्टीको आन्तरिक झ’गडा मिलाउन नसक्दा प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् नै विघटन गरेका थिए। जसलाई सर्वोच्च अदालतले अ’संवैधानिक भन्दै खारेज गरिदिएको छ ।‘पछिल्लो समयमा ओली सबैभन्दा बढी श’क्तिशाली थिए। देशको राजनीतिक ए’जेन्डा उनैले तय गर्दै आएका थिए। जे हुन्थ्यो, त्यसको केन्द्रमा ओली नै हुन्थे,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘अब त्यस प्रकारको श’क्ति नहुनसक्छ।’

संसद् विघटनलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले ओलीलाई सुरुमा पार्टी अध्यक्ष र पछि सदस्यबाटै ह’टाएको थियो। प्रधानमन्त्री ओलीले भने आफू नै पार्टीको आधिकारिक नेता भएको र वैशाखमा चुनाव भएरै छाड्ने दा’बी गर्दै आएका थिए ।तर, आफ्नो ७० औँ जन्मदिनको दिन सर्वोच्च अदालतबाट आएको फैसलाले प्रधानमन्त्री ओलीलाई राजनीतिक र नैतिक रुपले ठूलो ध’क्का दिएको छ। उसो त ओली पक्षकै नेताहरुबीच पनि विघटन उल्टिए उनको राजनीति खाल्डोमा पर्ने विश्लेषण हुँदै आएको थियो। ‘अदालतबाट चुनावमा जाने निर्णय सदर भए प्रचण्ड–नेपालको राजनीति सकिन्छ।

संसद पुनर्स्थापना भए ओलीको राजनीति धरापमा पर्छ,’ ओलीनिकट एक उच्च नेताले प्रतिनिधिसभा विघटन गर्ने निर्णय भएलगत्तै टिप्पणी गरेका थिए। यद्यपि, ओलीले अझै आफूलाई शक्तिशाली देखाउन कोसिस गर्ने बताउँछन्, राजनीतिक विश्लेषक हरि शर्मा ।‘ओलीजस्ता नेताहरु बाहिर हेर्दा श’क्तिशाली देखिए पनि भित्र निकै कमजोर हुन्छन्,’ शर्माले भने, ‘तर, उनले जस्तो व्यक्तित्व निर्माण गरेका छन्– मनपरी गर्दा पनि समर्थन गर्ने जुन जमात तयार पारेका छन्, जुन प्रकारको स्रोत र साधन जुटाएका छन्, त्यसलाई प्रयोग गरेर श’क्तिशाली देखिन खोज्छन्।’ नेपाल खबर