काठमाडौँ– हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् ।हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चलचित्र गरिन् । तर यी दुवै फिल्मले उनलाई खासै सफलता दिलाउन सकेन ।शिल्पा अहिले फेरि चर्चामा पनि छिन् । आगामी २७ गते प्रदर्शनमा आउने फिल्म ‘सानो मन’को कारण चर्चामा छाएकी हुन् ।

फिल्ममा उनको जोडी आयुष्मान देशराज जोशी बनेका छन् । तर जोशीले फिल्म प्रचार प्रसारमा त्यति साथ नदिँदा शिल्पा मात्र सबै मिडियामा पुगिरहेकी छन् ।‘सबैतिर प्रचारका लागि कुद्नु पर्दा दुःख त हुन्छ नै’ शिल्पाले भनिन्, ‘चारैतिर मिडियामा छाउँदा दुःख त्यसै भुलिँदो रहेछ ।’‘सानो मन’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म होे । यस फिल्मबाट शिल्पा निकै आशावादी पनि छिन् । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्ममा आयुष्मान आफ्नो फिल्मी रोमान्स राम्रो भएको उनी बताउँछिन् ।शिल्पा अब अभिनयको साथसाथै अध्ययन पनि अगाडि बढाउने सोचमा छिन् ।

काठमाडौँ नेवार समुदायमा हुर्के पनि उच्च शिक्षा अध्ययनका लागि सन् २००९ मा लन्डन पुगेकी उनी एक समय बिजिनेस म्यानेज्मेन्टमा अध्ययन गर्दागर्दै बिदाको समयमा नेपाल आएकी थिइन् । सोही समय उनले हलिउड फिल्म अभिनय अवसर पाएकी हुन्।हलि उड र नेपाली दुवै फिल्म अभिनयको उनीसँग बेग्लाबेग्लै अनुभव रहेको छ । नेपाली फिल्म युनिटभन्दा हलिउड युनिट कामप्रति निकै सजक, अनुसाशित र डेलिकेटेट रहेको उनले बताइन् ।अध्यायनको समय मिलाएर लगातार फिल्म अभिनय गर्ने उनको चाहना रहेको छ ।