कतारमा ६ हजार ७५१ दक्षिण एसियाली कामदारको मृ’त्यु, दोस्रो ठूलो संख्या नेपालीको

काठमाडौं। खाडी राष्ट्र कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी पाएपछि त्यहाँ ६ हजार सात सय ५१ जना दक्षिण एसियाली राष्ट्रका का’मदारको मृ’त्यु भएको छ। बेलायती दैनिक द गा’र्जियनका अनुसार बितेका १० वर्षमा उनीहरुको मृ’त्यु कतारमा भएको हो। त्यसयता हालसम्म दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँच देशका ६ हजार सात सय ५१ जनाको मृ’त्यु भएको हो। गा’र्जियनको समाचार अनुसार सन् २०१० यता कतारमा मृ’त्यु हुने का’मदारमा सबैभन्दा बढी भा’रतीय रहेका छन्।

मृ’त्यु हुने का’मदारमा दोस्रो ठूलो संख्या नेपालीको रहेको छ। सन् २०१० देखि हालसम्म कतारमा २ हजार सात सय ११ भारतीय, एक हजार छ सय ४१ नेपाली, एक हजार १८ जना बंगलादेशी, आठ सय २४ जना पाकिस्तानी र पाँच सय ५७ जना श्रीलंकाली कामदारको मृ’त्यु भएको गा’र्जियनको समाचारमा उल्लेख छ। कतारमा मृ’त्यु हुने नेपाली कामदारमध्ये ४८ प्रतिशतको प्रा’कृतिक मृ’त्यु, ९ प्रतिशतको मृ’र्गौलामा ख’राबी, १० प्रतिशतको का’र्यस्थलमा दु’र्घटना, १६ प्रतिशतको सडक दु’र्घटना, १० प्रतिशतको आ’त्म’ह’त्या र ७ प्रतिशतको अन्य कारण मृत्यु भएको जनाइएको छ।

सन् २०१० यता कतारले २०२२ मा हुने विश्वकप फुटबलका लागि आवश्यक पर्ने आधा दर्जनभन्दा बढी ठूला स्टेडियम, ठूला भवनहरु, दर्जनौं निर्माण प’रियोजनाहरुमा काम गर्दै आएको छ। विश्व फुटबलको सर्वोच्च नि’काय फिफाले सन् २०१० मा ‘विश्वकप फुटबल २०२२’ को आयोजना गर्ने जि’म्मेवारी कतारलाई दिएको थियो।