‘उपराष्ट्रपतिलाई उपत्यकाबाहिर जान ब’न्देज लगाइएको छैन’: उपराष्ट्रपति पुनका प्रेस संयोजक

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपत्यकाबाहिर जान बन्देज लगाइएको भन्ने समाचारको उनको निजी सचिवालयले खण्डन गरेको छ ।उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिलाई उपत्यकाबाहिर जान ब’न्देज लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले सो समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारेका छन् ।

दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा आएपनि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट नि’वेदन फैसलाको क्रममा रहेको समयमा सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजकलाई जानकारी गराएको पनि उनले स्पष्ट पारेका छन् ।