हामीसँग रोनाल्डो, पेले र मेस्सीहरु छन्, खेल बल्ल सुरु भयो : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। सीटीईभीटीको ३३ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। श्रेष्ठलले अविश्वासको प्रस्ताव आए पनि अहिलेको सरकारले निरन्तरता पाउने दा’बी समेत गरेका छन्। उनले अविश्वासको प्रस्तावलाई सामाना गरेरे अघिबढ्ने बताए। काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरुले केही गर्न नसक्ने उनको भनाई छ। उनले भने, ‘खेल त अब सुरु भयो। हामीसँग रोनाल्डो, पेले र मेस्सीहरु छन। यही सरकारले निरन्तर हुन्छ अबको सरकार चु’नावी सरकार हुन्छ।’

चुनाव जसरी पनि हुने उनको दा’बी छ। प्रधानमन्त्री बनाईदिनु पर्‍यो भनेर नेताहरुले घर–घर चाहारे पनि अस्थिरताको फो’होरी खेलबाट देशलाई मु’क्त गर्न चु’नाव आवश्यक भएको उनको भनाइ छ। उता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक सुरु भएको नेता सत्यनारायण मण्डलले जानकारी दिए। सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फै’सला गरेपछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घ’टना क्रमबारे छलफल हुने नेता मण्डलले बताए।

‘संसद पुनस्र्थापछि ब’दलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ।’ सर्वोच्चले संसद विघटन गर्ने निर्णय ब’दर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल रा’जीनामा दिनुपर्ने बताएको छ। प्रधानमन्त्री ओलीले रा’जीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई ह’टाउने संकेत प्रचण्ड–नेपाल स’मूहले गरेको छ। प्रचण्ड–नेपाल पक्षले गत पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो।