श्रीमतीको भाषण सुन्दै गर्दा श्रीमानको फैसला आएपछि…

मंगलबार अपरान्ह प्रतिनिधिसभा बिघटनसम्वन्धी मुध्द्दाको फैसला सुनाउने तयारी हुँदै थियो । जन्मदिनका सारा पूजापाठ र सगुनग्रहण सकेर ठीक त्यति नै बेला प्रधानमन्त्री ओली भने बालुवाटारमा श्रीमती राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूतिहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा व्यस्त थिए ।सिंगो मुलुक विभाजित हुनेगरी आफैले गरेको निर्णयमाथि अदालतले रो’क लगाउँदै छ भन्ने पूर्वअनुमान प्रधानमन्त्री ओलीलाई पक्कै थियो होला । बालुवाटारमा आयोजित कार्यक्रमस्थलको मञ्चमा रहेकै बेला ओलीको मोबाइलमा सर्वोच्चले संसद पुनर्स्थापना गर्ने निर्णय भएको म्यासेज पुग्यो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियो क्लिप्समा मञ्चमा बसिरहेका प्रधानमन्त्री ओली म्यासेज पढेपछि निकै नि’राश मनस्थितिमा रहेको देख्न सकिन्छ । उक्त भिडियोमा शाक्य पुस्तकका बारेमा चर्चा गर्दै छिन् भने ओली नि’राश मुद्रामा मोबाइल चलाएर बसिरहेका छन् ।संयोग कस्तो भने हिजै प्रधानमन्त्री ओलीको जन्मदिन पनि हो । पारिवारिक माहोलमा खुशी हुनुपर्ने दिन प्रधानमन्त्रीलाई सर्वोच्चको निर्णयले जीवनकै सर्वाधिक ठूलो झ’ट्का दिएको थियो ।हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिन ।

गतवर्ष हिजैका दिन उनको जन्मोत्सव तेह्रथुमको आ’ठराईमा धुमधामका साथ मनाइएको थियो । प्रधानमन्त्रीले आफू जन्मेको घरको आँगनमा शुभचिन्तक व्यापारीहरूले काठमाडौंबाट हेलिकप्टरमा लगेको नेपालको नक्सा अं’कित केक का’टेर सबैलाई खुवाएका थिए । त्यसअघि काठमाडौंको सरकारी निवासमा समेत केक का’टेर नजिकका पार्टी नेता तथा मन्त्रीहरूसँग ६९ औं जन्मोत्सव ह’र्षोल्लासपूर्वक सा’टासाट गरेका थिए ।६८ औं जन्मदिन मनाउने क्रममा प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा स्याउको बिरुवा गमलामा रोपेर मनाउनुभएको थियो ।

त्यसअवसरमा श्रीमती राधिका शाक्यले अम्बाको बिरुवा रो’पेका थिए । त्यस अवसरमा केक पनि का’टिएको थियो । त्यतिखेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान बालुवाटार पुगेर शुभकामनासमेत व्यक्त गरेका थिए ।अघिल्लो चोटी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव भारतमा मनाएका थिए । भारतको राजकीय भ्रमणको क्रममा रहेका ओलीले त्यतिखेर नयाँ दिल्लीको होटल ताजमा केक का’टेर जन्मदिन मनाएका थिए ।६५ औं जन्मदिनमा नयाँ दिल्लीस्थित है’दरावाद हाउसमा भएको दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक भेटवार्तामा मोदीले ओलीलाई जन्मदिनको शुभकामना दिएपछि वार्ता प्रारम्भ भएको थियो । जनआस्थाबाट