पाटनको च’र्चमा अञ्जु पन्त र प्रेमी थीरको बिवाह तस्बिरमा हेर्नुहोस

काठमाडौं – चर्चित गायिका अन्जु पन्त दोस्रो पटक विवाह ब’न्धनमा बा’धिँएकी छिन् । उनले बुधबार ललितपुरको पाटनस्थित एक च’र्चमा प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डि’भोर्स गरेकी पन्तले थीरसँग बुधबार च’र्चमा क्रि’श्चियन परम्परा अनुसार विवाह गरेकी हुन् । अन्जु र थीर केही समयदेखि प्रे’मसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा प’रिणत गरेका हुन् ।

उनको विवाहमा केही आफन्तको मात्र सहभागीता रहेको थियो । दुबै जना क्रि’श्चियन ध’र्ममा आस्था राख्ने भएकाले उनीहरुले च’र्चमा विवाह गरेको बतायएको छ ।अहिले अन्जुलाई बिहवाको शुभकामना दिनेको ओ’इरो लागेको छ । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् ।

अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।तर प्रेमका बिषयमा भने केहि खुलाएकी थिइनन् ।गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ ।

नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी । व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।