सहायक प्रअ घिमिरे घरको आँगनमा मृ’त भेटिए

घोराही। घोराही सौं’डिकुला निवासी श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृ’त अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० सौं’डिकुला निवासी घिमिरे मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन । अन्दाजी ४३ बर्षीय घिमिरे श्रीमति र बच्चा माइतीको गएको हुँदा बिहीवार राति घरमा एक्लै रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले घिमिरेको घरको दोस्रो तल्लाबाट ल’डेर मृ’त्यु भएको हुन सक्ने अ’नुमान गरिएको बताए ।

‘उहाँको श’व घरको दोस्रो तल्लको शौचालय मुनि आँगनमा फेला परेको हो,’डिएसपी रिजालले भने ‘शौ’चालय जान खो’जेका घिमिरे झु’क्किएर झ्यालबाट ल’डेर मृ’त्यु भएको अनुमान भइरहेको छ ।’घिमिरेको घर भित्र कोठामा खाँदै गरेको म’दि’रा समेत फेला परेको हुँदा म’दि’रा से’वन गर्दै गर्दा शौ’चालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट ल’डेर मृत्’यु भएको देखिन आएको डिएसपी रिजालले जानकारी दिए ।

‘उहाँको शरिरमा अ’न्तकतै चो’टपटक छैन, गाला ध’स्सिएको छ र नाक, मुखबाट र’गत आएको अवस्थामा श’व फेला परेको छ,’ रिजालले भने ‘श’ब पो’ष्ट’मा’र्ट’म’का लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइ सकिएको छ ।’पो’ष्ट मा’र्ट’म रिपोर्ट पछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।