पोखरामा ३० फिटको उचाईमा १६ जना चढेको पिङ टुप्पोमै उल्टो अवस्थामा अड्किएपछि……चल्यो रुवाबासी !

काठमान्डौ ,लेखनाथको तालचोक डाँडाको नाकमा चलिरहेको १६ औं संस्करणको लेखनाथ महोत्सवमा शनिवार बाल उद्यान तर्फ १६ जना चढेको पिङ झण्डै २० मिनेटसम्म अ’ड्किदा ठुलो दु’र्घटनाबाट जोगिएको छ ।२० मिनेटसम्म उल्टो रहेको पिङलाई डोरीको स’हायताबाट तल झारेर फ’सेका १६ जनाको उ’द्धार गरिएको थियो ।उ’द्धार पछि स्वास्थ्यमा स’मस्या देखिएका १० जनालाई उपचारका लागि लेखनाथको बुढि बजारमा रहेको लेखनाथ सिटी अस्पताल र सामुदायिक लायन्स अस्पतालमा उपचार गरिएको छ ।

ति मध्ये अस्मिता क्षेत्री र शिक्षा अधिकारीको उपचार भैरहेको छ भने अन्य उपचार पछि घर फ’र्किएका छन् । कबिता आले, अनिता तिमिल्सीना, सन्तोषी तिमिल्सीना, प्रकाश पौडेल संजिव मरासिनी, सुस्मिता श्रेष्ठ, संञ्जीब श्रेष्ठ र गोविन्द श्रेष्ठ सा’मान्य उपचार पछि घर फ’र्किएका छन् ।झण्डै ३० फिटको उचाईमा १६ जना दर्शक चढेको पिङ उल्टो अ’ड्किदा केही समय त’नाव भएको थियो । २० मिनेट पछि डोरीको सहायताले पिङलाई तल झा’रिएको थियो । पिङ अडकिदा दर्शकहरुका विचमा रु’वावासी समेत भएको थियो ।

पिङ हा’इड्रोलिकको स’मस्याले माथि अ’ड्किएको हुन सक्ने र यस बिषयमा बाल उद्यान संचालकसँग थप बुझ्ने काम भैरहेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । वि’ग्रिएको पिङ अहिले ब’न्द गरिएको छ ।महोत्सव स्थ’लमा जो’खिम व्यवस्थापनको तयारी नपुगेको भन्दै केही बेर दर्शकहरुले बालउद्यान क्षेत्रमा आ’क्रोस समेत पोखेका थिए ।पिङमा रहेका पोखरा २९ का प्रकाश पौडेलले थप केही समय उ’द्धार हुन नसकेको भए ठुलै दु’र्घटना हुने बताए । उनले शुरुमा त पिङ रो’किएको होला भनेर म’जाक गरीरहेको तर समय लामै भएपछि पिङमा रहेका सवै आ’त्तिएर रु’नकरान थालेको बताए ।

महोत्सवमा ठुलो दु’र्घटना हुनबाट जो’एिको भन्दै थप स’जगता अपाईने बाल उद्यान संयोजक धिरज श्रेष्ठले बताए ।बालउद्यान, स्टेज, तथा स्टल सहितका स्थानमा थप सा’वधानी अपनाउन र तुरुन्त रेस्क्यू हुने गरी तयारी अवस्थामा राख्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन् ।शनिवार महोत्सवमा दर्शकहरुको चाप अ’धिक हुँदा आयोजकलाई व्यवस्थापन गर्न ह’म्मेहम्मे परेको छ ।