कृषिमा सबैभन्दा बढी लगानी सुनसरीमा

सुनसरी । चालु आर्थिक वर्षमा कृषि विकासको क्षेत्रमा प्रदेशमा सबैभन्दा बढी लगानी सुनसरी जिल्लामा हुने भएको छ । कृषि विकास निर्देशनालय विराटनगरले आर्थिक वर्ष २०७६÷०७७ का लागि १ अर्व २५ करोड वजेट विनियोजन गरेकोमा सबैभन्दा बढी बजेट सुनसरी जिल्लामा परेको हो । चालु आर्थिक वर्षमा प्रदेश नं. १ मा सञ्चालन गरिने कार्यक्रमका लागि १ अर्व १४ करोड ३९ लाख ६ हजार र प्रशासनिक तर्फ २४ करोड ४७ लाख ६७ हजार गरि १ अर्व २५ करोड ९१ लाख ६३ हजार रहेकोे छ ।निर्देशनालयले कृषि ज्ञान केन्द्रहरुका लागि ८१ करोड ६४ लाख ६६ हजार छुट्याएको छ ।

११ वटा जिल्लामा रहेका कृषि ज्ञान केन्द्रका लागि सो वजेट छुट्याईएको हो । विनियोजित वजेट अनुसार सुनसरी ज्ञान केन्द्रलाई सबैभन्दा बढी १२ करोड २४ लाख ८२ हजार रुपैया रहेको छ ।त्यस्तै झापा कृषि ज्ञान केन्द्रका लागि १० करोड ३५ लाख ४८ हजार, इलामका लागि ८ करोड ९० लाख रहेको छ ।त्यस्तै पाँचथर कृषि ज्ञान केन्द्रका लागि ७ करोड ४३ लाख ११ हजार, धनकुटा कृषि ज्ञान केन्द्रका लागि ८ करोड १९ लाख ४ हजार, संखुवासभा कृषि ज्ञान केन्द्रका लागि ५ करोड ३७ लाख ३६ हजार, भोजपुर कृषि ज्ञान केन्द्रका लागि ७ करोड ३९ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि ज्ञान केन्द्र उदयपुरका लागि ५ करोड ९२ लाख ३५ हजार, खोटाङ कृषि ज्ञान केन्द्रका लागि ६ करोड १५ लाख २३ हजार, ओखलढुंगा कृषि ज्ञान केन्द्रका लागि ६ करोड ८२ लाख ७ हजार, सोलुखुम्बु कृषि ज्ञान केन्द्रका लागि ४ करोड ५७ लाख छुट्याइएको छ ।वागवानी केन्द्र लगायत अन्य योजनाअन्तर्गत १५ करोड ७२ लाख ७५ हजार बजेट बिनियोजन गरिएको छ ।वागवानी केन्द्र जौबारी इलामका लागि २ करोड ७४ लाख ९ हजार रकम विनियोज गरिएको छ । वागवानी केन्द्र फाप्लु सोलुखुम्बुकोका लागि २ करोड ९० लाख ५६ हजार, धनकुटामा रेशम विकास कार्यक्रमका लागि १ करोड २५ लाख ८८ हजार वजेट छुट्याइएको छ ।

रेशम प्रशोधन केन्द्र सुनसरी इटहरीका लागि १ करोड ७५ लाख ८७ हजार, माटो तथा मल परिक्षण केन्द्र झापा सुरुङ्गाको लागि १ करोड ४३ लाख ५५ हजार, माटो तथा मल परिक्षण केन्द्र सुनसरी झुम्काका लागि १ करोड ७४लाख ३४ हजार, विउ विजन प्रयोगशाला सुनसरी झुम्काका लागि २ करोड ५४ लाख ९ हजार, बाली संरक्षण प्रयोगशाला विराटनगरका लागि २ करोड ४९ लाख ५७ हजार रकम विनियोजन गरिएको छ ।