यौ’न व्यवसायीसँगको त्यो एक दिन…

विमल लामिछाने : पत्रकारिता गरेको लामै समय भए पनि सहरिया परिवेश मेरालागि नयाँ थियो । बजारको नियमलाई उल्लंघन गर्दै बिहान ५ बजेअघि नै म उठ्ने गर्थें । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यबाट चिनजान भएका साथी इन्द्रको फोन आयो……. ।

‘हेलो तयारी रहनु है, हामी ९ बजे एउटा कार्यक्रममा जानु छ ।’मैले जवाफ दिएँ, ‘मेरो म्यागजिनका लागि एउटा रिर्पोटिङ् गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन ।’‘रिर्पोटिङ् पनि हुन्छ भिजिटिङ् पनि हुन्छ, जानुपर्छ है ।’उनले ढेट गरेपछि मैले स्वीकारें । चिनजान भएको धेरै नभए पनि भेटघाट र उठबसको हिसाबले हाम्रो मित्रता गाढा भइसकेको थियो ।

उनी र मबीचमा फरक यति थियो कि उनी धनाढ्य परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागें । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैको स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरु २ साथी थपिए, मानौं योजना बनाएजस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रा पछि सधैं झैँ चिया खाने निधो भयो ।

म त्यसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारें । इन्द्रले स्कारपियो हुइँक्याए र एक आलिसान महलको गेटभित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारिरहेका थिए । मलाई यो आलिसान महलको प्रवेश असहज भइरहेको थियो । तर केही योजना होला भनेर बोलेको थिइनँ । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तब्यबारे अन्योलमा रहेछन् ।

स्कारपियो हलको पार्किङ्मा छिर्यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेस्रो तलामा सटासट पुग्यौँ, जहाँ दुबैपट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरु थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे ।मैले प्रश्न गरें– हामी यहाँ किन आइरहेका हौं ? इन्द्रले हाँस्दै जवाफ दिए- ‘नो प्रोब्लोम । मा’ल हान्ने हो क्या आज ।’

मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचें- पसलका केही सामानहरु लानु रहेछ क्यारे…। मा’ल भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्कोलो पाराले आफ्नै शैलीमा फोनमा बोल्न थाले ।‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आऊ है । हाम्रो एक राउन्ड चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको प्रस्थान भयो ।

इन्द्रले उनीहरुलाई हौ’सलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौं । उनीहरुको यस्तो हल्का प्रस्तुति थियो कि मानौँ हामी सधैँ भेट भइरहने निकटका साथी हौँ । हामी बसेको भन्दा ठिक अ’पोजिट सोफामा उनीहरु बसे । विना संकोच उनीहरुले सबैलाई मामा सम्बोधन गरे र छिटो न भन्दै ह’तारिइरहेका थिए । इन्द्र हतारहतार केही खुसुक्क भनुँला झैँ गरेर जुरुक्क उठे र एउटीको कान फुके अनि हामीलाई भने, ‘साथी हो ल मा’ल छान्नुहोस् हैँ…।’

मलाई बल्ल झ’स्का खुल्यो- यसले माल भनेको त यो पो रहेछ ?समय वित्न नपाउँदै इन्द्रले जुरुक्क उठेर चारमध्ये बीचकी एउटीको हात च्या’प्प ’समाते । उनी जरुक्क उठिन् र मुसुक्क हाँसिन् । बनावटी हाँसोजस्तै गरेर उनीहरु एक अर्काको अँ’गालोमा बे’रिएर पर्दा पछाडि पसे । हामी तीनमध्येका एक पनि इन्द्रकै सिको गरेझैँ गरेर अर्को कोठाको पर्दाभित्र हराए, अब हाम्रो नम्बर आइसकेको थियो ।

धेरै समय शून्यतामा रयो । म मनमनै सोचिरहेको थिएँ- यिनीहरु कसरी यो पेसामा लागे होलान् ? यिनीहरुसँग आन्तरिक कुरा खो’तल्न सके न्यूज हुन्थ्यो कि ? या हामीलाई यिनीहरुले नामर्द भन्दा हुन्… या … यस्तै खुल्दुली भइरह्यो ।शून्यतालाई तो’ड्दै दुवैले एकै स्वरमा सोधे– ‘सर, तपाईंहरु……?’ साथी बोल्न नपाउँदै म अघि सरेर भनें, ‘हामी ऊ त्यो खुल्ला चौ’रीको कुर्सीमा जाऊ न है ।’

उनीहरुले मुखामुख गरेर हेरिरहे । उनीहरुलाई लाग्दै थियो होला, हामीबाट उनीहरुको रो’जीरोटी नचल्ने भो । मेरो स्थान छनौटमा उनीहरुको असहजतालाई चिर्दै भए पनि चौरीतर्फ लाग्यौं । चौरीमा सजाइएका टेबल कुर्सीमा हाम्रो बसाइ आम्ने-साम्नेको भयो । बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाइ जोडीजोडी नै भयो ।

अर्को जोडीले के गफ गर्यो, मैले चासो राखिनँ । तर मेरो भागमा परेकी उनलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँसु झारेर भक्कानिँदै मेरा प्रश्नको जवाफ दिइरहिन् ।केही समयपछि उनले आफ्नो जीवन जिउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्,

‘मेरो बुबा आजभन्दा आठ वर्षअघि द्व’न्द्वको बेला बे’पत्ता हुनुभयो, बुबा बे’पत्ता भएपछि घरमा आमा, म र सानी बहिनी मात्र भयौं, हाम्रो परिवार गरिब थियो, गरिबीका कारण समाजले पनि हामीलाई हेँ’ला गर्थ्यो, सानी बहिनीलाई माइजूले पढाइदिन्छु भनेर मावली लानुभयो,

त्यो बेला पटक–पटक हाम्रो घर घे’रिन्थ्यो, न’का’ब’धा’री’हरुले बुबाको बयान सोध्थे, थाहा छैन भन्दा म र आमालाई कु’ट्थे र पालैपालो ब’ला’त्का’र गर्थे, आमाको आँखा अगाडि म चि’थोरिँ’दा र मेरै अगाडि आमा लु’छिँदा पनि नि’री’ह बनेको त्यो समाजले हाम्रो पी’डामा चूँ बोल्न सकेन ।

यावत् क्रममा समय बित्तै गयो । दुई वर्षपछि मेरी आमालाई पाठेघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसा लाग्ने भएपछि थप स’मस्या भयो । मैले आफन्त र ना’तागोता सबै गु’हारेँ तर कसैले सहयोग गर्न चाहेनन्, म आमालाई म’र्न दिने पक्षमा पनि थिइनँ । म पैसाको खोजीमा भौ’तारिइरहेकी थिएँ ।

मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत ब’न्दकी राख्ने भए उपचारमा खर्च सगाउने आश्वासन दिनुभयो, हामीले स्वी’कार्यौ । तर कागजी काम सकेर पु’र्जा हात पारेपछि ठूलोबुवाले पैसा दिन आ’लटाल गर्दै जानुभयो, समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन, कागज बोल्छ भनेपछि हामीलाई ष’ड्य’न्त्र’पूर्ण ढंगबाट फ’साइएको रहछ । ठूलोबुवाले जे गर्छौ गर भन्दै हामीलाई घरबाट नि’काल्नु भयो ।

बुबाको अ’भावमा हामीले धेरै ह’ण्डर बे’होर्नुपरेको थियो । आमाको उपचार गर्नू मेरो दा’यित्व पनि थियो । म कामको खोजीमा भौ’तारिएकी थिएँ, त्यही बेला छिमेकी काकाले मलाई शहरमा काम पाइन्छ भनेर काठमाडौं लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनुभयो ।

म त्यही होटलमा भाँडा धु’ने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लु’टिएँ । अनि दिनदिनै होटल साहूले ग्राहकको स’न्तुष्टिका लागि प्रयोग गरे । एक रातमा नौ-दश जनासँग सु’त्नुपर्थ्र्यो । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ । तर पा’लेले स’मातिहाल्थो ।

तीन महिनापछि साहू बाहिर गएको मौका छो’पेर म भा’ग्न सफल भएँ । मैले होटलमा भएको ज्या’दतीबारे मानवअधि’कारवा’दी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ठीकै छ, म बुझौँला भनेकी थिइन् तर प्रहरीले होटलबाट क’मिसन लिँदो रहेछ र उनीहरु पनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् ।

म आमालाई भेट्न भनेर काठमाडौंबाट हिँडेँ । त्यही दिन बिहान आमाको दे’हाव’सान भइसकेको रहेछ । अ त म बुवाआमा बे’गरकी टु’हुरी भएँ । आमाको अ’न्त्येष्’टि सकेर महिला सञ्जालमार्फत न्या’य खोज्न पुनः काठमाडौं आउदै थिएँ । म चढेको गाडी बाटामा पं’चर भयो । गाडी बनाउन झण्डै तीन घण्टा समय लागेका कारण म काठमाडौं ओ’र्लिंदा साँझ परिसकेको थियो ।

बसपार्कवाट कहाँ जाने भनेर म सोचिरहेकी थिएँ । एक जना दिदीले मलाई बोलाइन्, मैले आफ्नो कामवारे बताएँ । उनले आज राती भयो, यतै बसौं भोलि स’बेरै जानु भनेपछि म उनीसँगै गएँ । बिहान उनले मलाई सहयोग गर्ने आ’श्वासन दिइन् र सँगै बानेश्वर सम्म गयौं, तर उनले मलाई एउटा होटलमा लगिन् र मलाई आँखा छ’लेर होटल मा’लिकसँग खा’सखुस कुरा गरिन् । मैले उनले मलाई फ’साउन ष’ड्य’न्त्र गरेको कुरा स’हज बुझिहालें ।

म त्यहाँबाट एउटा ब’हाना बनाएर बाहिर निस्कें र पु’लिसको स’हायता लिएर महिला सञ्जालको अफिसमा गएँ, मेरो कामबारे सबै बताएँ । तर त्यहाँ पनि एक हप्तापछि आउने आ’श्वासन मात्र पाएँ । मेरो स’हारा कोही थिएन । खल्ती पनि रि’त्तो भइसकेको थियो । अ के गर्ने होला ? सडक पेटीमा उ’भिएर म सोचिरहेकी थिएँ ।

दुई भाइ ज’वान केटाले मलाई फ’लो गरिरहेका रहेछन्, उनीहरु मेरो छेउमा आए र कहाँ जान लागेको बैनी भनेर सोधे ।मैले कामको खो’जीमा छु, भनेपछि उनीहरुले एउटा अफिसमा काम लगाइदिने बताए । केही समयपछि एउटाले ब’दाम किन्यो । अर्कोले चिसो किनेर ल्यायो र मलाई पनि ब’दाम दिए, म भोकाएकी थिएँ, ब’दाम खायौं ।

चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अ’लिपरको दोकानबाट फ्रु’टी किनेर ल्याइदिए । फ्रु’टी खाएपछि मलाई रिँ’गटा लागेजस्तो भयो । त्यसमा ल’ट्याउने औ’ष’धी मि’साएको रहेछ, म बे’होस भएछु । म हो’समा आउँदा एयरपोर्टको पछाडिको चौ’रीमा थिएँ । मलाई उनीहरुले ब’ला’त्का’र गरेर भा’गेछन् ।

म पा’गलजस्तै भएँ, मेरो दि’मागले के गर्ने र के नगर्ने छु’ट्याउनै छा’डिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिँड्न थालें ।मसँग पौ’डेर तृ’प्ति लिनेको संख्या एकिन छैन । अहिले मेरो व्य’वसाय नै अर्कालाई स’न्तुष्टि दिनु भएको छ । म कहिले पोखरा बसेँ त कहिले विराटनगर, इटहरी र विर्तामोड ।

मसँग क’न्ट्याकमा आउने, प’छारिने, मलाई चु’स्ने र स’न्तुष्टि लिने धेरै छन् । कति दो’होरिन्छन् त कति ते’हेरिन्छन् । कतिपय चि’नेका आउँछन् त कति अ’परिचित । तर मलाई सबैले फ्’रेस मा’ल भन्छन्, त्यो किन हो उनीहरु नै जानुन् । तर अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन ।

आज मलाई तपाईंले यसरी सोध्दा मेरो बाबाको या’द आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो क’र्म हुने थिएन होला । मेरो बाबा पनि मलाई सा’नामा माया गरेर स्कुलबाट फ’र्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खु’लेर बाबासँग यसरी नै कुरा गर्थे …।

उनी डाँ’को छा’डेर रुन थालिन्, भ’क्कानिएर मेरो छात्तीमा टाउको रा’खेर रुँदै भनिन्- प्लिज म तपाईंलाई बाबा भन्छु है… ।(कथा स’त्य घ’टनामा आधारित भए पनि कथाका पात्रको नाम काल्पनिक भएकाले कसैसँग मिल्न गए सं’योग मात्र हुनेछ ।)