भारतीय गृहमन्त्रीकाे हातबाट तीन नेपाली प्रहरी अधिकारी पुरस्कृत

काठमान्डौ , भारतका गृहमन्त्री अमित शाहले नेपाल प्रहरीका तीन जना अधिकृतलाई सम्मान तथा पुरस्कृत गरेका छन्।भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी (SVP National Police Academy) मा संचालित आईपीएस ७० आरआर समूहमा नेपाल प्रहरीका तर्फबाट सहभागी तीन जना प्रहरी निरीक्षकहरुले विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कृत हुन सफल भएका हुन्।पुरस्कृत प्रहरी निरीक्षकहरुमा कृष्ण खड्का, अनु लामा र उमेश गुरुङ श्रेष्ठ रहेका नेपाल प्रहरीले जनाएकाे छ।

प्रहरी निरीक्षक खड्का दी आईपीएस एसाेसिएसन स्वर्ड अफ हनर फर दी वेष्ट आउटडाेर प्राेब्यास्नर, प्रहरी निरीक्षक अनु लामा १९५८ ब्याच आईपीएस अफिसर्स ट्राेफि फर दी वेष्ट लेडी आउटडाेर प्राेब्यास्नर , एसएमटी विनाेदिनी वर्मा मेमाेरियल कप फर मस्कट्रि ,दी 55th ब्याच अफ सिनियर काेर्स अफिसर्स ट्रफी फर वेष्ट टर्न आउट र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठ दी जैपुर कप फर पीटी सम्मान प्राप्त गरेका हुन्।सो तालिममा नेपाल प्रहरीका तर्फबाट पाँच जना प्रहरी निरीक्षकहरु क्रमश: प्रहरी निरीक्षक कृष्ण खड्का , प्रहरी निरीक्षक अनु लामा, प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठ, प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक बोधराज रेग्मी सहभागी थिए।