प्रचण्डका सल्लाहकार ओलीतिर, माओवादीको औ’चित्य सकिएको घोषणा

काठमाडौं-नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्राध्यापक श्यामसुन्दर शेर्पा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शेर्पा एमाले प्रवेश गर्नुभएको हो ।शेर्पालाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

माओवादी आ’न्दोलनको अब औ’चित्य नरहेको भन्दै शेर्पाले प्रचण्ड फेरि पनि एमालेकै नेतृत्वमा फर्किने ठो’कुवा गर्नुभयो ।उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र ह’टाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको बताउनुभयो ।

त्यस्तै उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई ग’म्भीरतापू’र्वक लिएको प्रतिक्रिया दिएका छन्। भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले चे’तावनी दिएपनि माधव नेपाल–झलनाथ खनाल समूहले राष्ट्रिय भेला गरेपछि पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन्। महासचिव पोख्रेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए।

उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले ग’म्भीरताका साथ लिने बताए। पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए। उनले भने, ‘अहिले जुन किसिमको भेला भयो। त्यो निर्देशनको बा’बजुत पनि भेला भएको छ। आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा ग’म्भीरताका साथमा नोट गरिन्छ।’