पार्टी बिपरित गतिबिधि गर्नेको सिङ भा’चिन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा कुनै पनि डि’ल नहुने प्रष्ट पारेका छन् । एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट का’रवाही शुरु हुने समेत ओलीले चेतावनी दिएका छन् ।

नेपाल प्रेससँगको विशेष अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल–झलनाथ खनालहरु अहिले एमाले नरहेको समेत बताएका छन् । ओलीले भेला गरेबापत र विगतमा आफूलाई कार’वाही गरेबापत मा’फी मागेर आएको खण्डमा स्थान दिन सकिने बताए ।

ओलीले भने– सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन, पार्टीका कार्यकर्ता आ-आफ्ना ठाउँमा बस्नुपर्छ । गुटको द’लबल लिएर आउन पाइदैन । पार्टीका नाममा जुन भेला गरिएको हो, का’रवाही योग्य विषय हो, अब कारवाही पनि गु’टलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दो’षी हो त्यहाँबाट शुरु हुन्छ ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई फु’टेर प्रचण्डसँग जान कानुनी समस्या परेको हो भने अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गर्ने समेत बताए ।ओलीले भने- फुटेर जान स’मस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ, अध्यादेश विधेयक केही गरेर जान दिउँला ।

पार्टी भनेको स्वेच्छाले बस्ने हो, क’रकाप गरेर बस्ने होइन । म लोकतान्त्रिक मान्छे हुँ, बँ’धुवा बनाएर राख्दिन ।ओलीले माधव नेपाल पक्षको भेलामा गएका सबैमाथि का’रवाही नहुने भन्दै २५ प्रतिशत कार्यकर्ता आफूले त्यहाँ पठाएको समेत दा’वी गरे ।भिडियो