नेपाली कांग्रेस नेता अशोक कोइरालाको नि’धन, आजै अन्तिम विदाई हुने

विराटनगर । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको नि’धन भएको छ । संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृ’त्यु भएको हो ।नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मु’टु रो’गको स’मस्या थियो ।

नि’मोनिया पनि भएपछि उनलाई न्यू’रो अस्पताल भर्ना गरिएको थियो ।श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि मंगलबार राति न्यू’रो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधबार राति करिब १ बजे मृत्यु भएको हो ।कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका स’होदर भाइ हुन् ।

बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।नेता कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य स’मस्याका कारण स’क्रिय राजनीतिमा थिएनन् ।

नि’धनपछि उनको श’व विराटनगर महानगरपालिका-८ स्थित निजी निवासमा श्र’द्धाञ्जलीका लागि राखिएको छ । कोइरालाप्रति श्र’द्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शु’भचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उनको निवासमा भेला भएका छन् । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।