मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा माैसम पूर्वानुमान महाशाखाले आज पनि पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ ।दिउँसो पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

यस्तै दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र तराईका क्षेत्रमा आंशिक बद्ली रहने सम्भावना रहेको छ ।अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । अबको केही दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०५ गते (बिहिबार)– दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ।देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०६ गते (शुक्रबार)– दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ।देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०७ गते (शनिबार)– दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राती : देशको पहाडी भू-भागहरुमा आंशिक रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।