कुबेतले लगाएको प्र’तिबन्ध फु’कुवा, नेपालसहित ८ मुलुकलाई प्रवेश अनुमति

दोहा– कोरोना महामारीका करण कुवेतले लामो समयदेखि लगाएको प्र’तिबन्ध फु’कुवा गरेको छ । अब नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने जनाइएको छ ।प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै अब आगामी मार्च २५ तारिखदेखि नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतका विदेशी श्रमिकहरुले सिधै कुवेत प्रवेशको अनुमति पाउने भएका हुन् ।

कुवेत प्रवेश गर्नु अघि कोरोना पीसीआर परिक्षण गरेको हुनुपर्ने तथा रिपोर्टमा नेगेटिभ आएको ७२ घण्टा भित्रमा कुवेत प्रवेश गरिसक्नु पर्ने जनाइएको छ ।पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा पनि ज्वरो, रूघाखोकी जस्ता लक्षणहरू नदेखिएको हुनुपर्ने अरब टाइम्सले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित सबै एयरलाइन्सलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रमाणपत्र प्रमाणित गर्नका लागि स’र्कुलर जारी गरिएको नागरिक उड्डयनका उपाध्यक्ष इन्जी सालेह अल-फ’दागीले बताएका छन् ।सेप्टेम्बरपछि खोप नलगाएका कामदारको आवासीय अनुमति पत्र नविकरण नहुने

यसैबी कुवेतले आगामी सेप्टेम्बरपछि कोरोना वि’रुद्धको खोप नलगाएका आप्रवासी कामदारको आवासीय अनुमति पत्र (भिसा) नविकरण नगर्ने जनाएको छ ।खोप नेपालीसहित आप्रवासी का’मदारलाई निःशुल्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयको वेभ साइटमा आफ्नो विवरण भरेपछि मोबाइलमा अ’पोइन्ट्मेन्टको म्या’सेज दिनेगरी खोपको व्यवस्था मिलाएको कुवेत सरकारले जनाएको छ ।कोरोना संक्रमण पढेपछि कुवेतले गत मार्च ७ तारिखदेखि एक महिना सम्मको लागि बेलुका ५ देखि बिहान ५ बजेसम्म क’र्फ्यू लगाइएको छ।