केपीले फोन गरेर मेरा मनका कुरा सबै भन्छु भनेका छन् : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् ।सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।कार्यकर्ता भेलामा सम्बोधन गर्दै दाहालले भने, “अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो ।

मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ ।”उनले राष्ट्रपतिकहाँ भेट भएको उल्लेख गर्दै अब आफू केपीसँग नझुक्किने बताए ।“मनका कुरा भन्ने हो भने खुमलटार आएरै भन्नुस् भन्नेवाला छु,” दाहालले भने, “अब झुक्किने समय सकियो ।”

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई ह’टाउन लागिएको बताएका छन् ।सिन्धुलीमा भएको एक कार्यक्रममा बिहीबार बिहान उनले यस्तो बताएका हुन् ।तर उनलाई ह’ट्न नदिन संसारभरका श’क्ति लागेको बताए ।

तर पनि केहीदिनमा नै नयाँ सरकार बन्ने बताए ।“जे गरेर भए पनि केपीलाई ह’टाउन लागिएको छ,” दाहालले भने, “एकातिर केपी अर्कोतिर हामी भएका छौँ । हाम्रो पछि जनता छन् केपीका पछाडि प्र’तिक्रियावादी छन् । तत्काल जसरी पनि केपी ह’टाउने हो ।हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी ह’टाउने हो ।

काठमाडौं पुग्नेबित्तिकै गर्ने काम त्यही हो । यो हुन नदिन ठूला श’क्ति लागेका छन् । संसारभरका ठूला श’क्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ । मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।”दाहालले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आ’क्रोश व्यक्त गरेका छन् ।

सि’ध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको उनको टिप्पणी थियो ।“केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन्,” दाहालले सिन्धुलीमा आयोजित एक कार्यक्रममा बिहीबार बिहान भने, “केपी ओलीको मनभित्र पस्न सकिएन ।पार्टीमा पनि फ’टाहालाई बढी विश्वास भयो ।

मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आ’त्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धो’का भयो ।”