जापानबाट फर्कियो नेपाल एयरलाइन्स, प्रत्येक उडानमा एक जनालाई निशुल्क टिकट उपहार दिइने

काठमाडौं– लामो प्रयासपछि काठमाडौं–जापान उडान गरेको नेपाल एयरलाइन्सले बिहीबार सफल उडान गरेको छ ।निगमका अनुसार बिहीबार राति साढे २ बजे काठमाडौंबाट उडान भरेको विमान ११ बजेर ५५ मिनेटमा ओसाका पुगेको थियो ।बिहीबार साँझ ६ बजेसम्म काठमाडौं फर्किएको एयरलाइन्समा जापानबाट ४५ जना यात्रुले टिकट काटेको निगम स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो ।स्रोतका अनुसार काठमाडौं–जापानमा लागि पदाधिकारी र कर्मचारी सहित झण्डै १ सय जनाले यात्रा गरेकोमा ओसाकाबाट फर्कदा ४५ जना मात्रै यात्रुले टिकट काटेका छन् र

सन् २००७ मा काठमाडौं–जापानको नियमित उडान स्थगन गरेको नेपाल एयरलाइन्सले १२ वर्षपछि पुनः उडान सुरु गरेको हो । निगमले ओसाकाबाट उडान सुरु गरेर नारितामा पुग्ने लक्ष्य लिएको छ ।नेपाल वायू सेवा निगमका अध्यक्ष मदन खरेलले आगामी जनवरीसम्ममा नारितामा समेत उडान गर्ने गरी काम भइरहेको बताए । नेपाल एयरलाइन्सले पहिलो पटक काठमाडौं जापान सिधा उडान सफलतापूर्वक गर्न सफल भएको हो ।यसअघि सन् १९९४ अक्टोवर ३० तारिखदेखि सन् २००७ सालसम्म नेपाल एयरलाइन्सले जापानमा उडान गर्दै आएको थियो ।

तत्कालिन समयमा नेपाल एयरलाइन्सले काठमाडौं–चीन–जापानको रुटमा उडान गर्दैै आएको थियो ।यसअघि त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै निगमका अध्यक्ष मदन खरेलले नेपाल जापानको उडान अनेकौं बाधापछि पनि सबै सरोकारवालाको सकारात्मक सहयोगले सफलता प्राप्त गरेको बताए ।जापान उडानको वार्षिक ४३ हजार सिट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रुवहन गर्ने लक्ष्य नेपाल एयरलाइन्सले लिएको छ ।निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । निगमले हाललाई प्रवद्र्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ ।

नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिना भर प्रत्येक उडानमा यात्रुहरु बीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गरिनेछ ।निगमले आगामी पुसदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ । पहिलो उडानमा सीमित यात्रु संख्याको आधारमा भविष्यमा यात्रुहरु निरन्तर बढ्दै जाने अपेक्षा निगमको छ ।