प्रधानमन्त्री ओलीले पाए उत्कृष्ट गीतकारको अवार्ड

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् ।प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अर्वाडको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।निम अर्वाडका तर्फबाट प्रधानमन्त्री ओली निवास बालुवाटार पुगेर मनोज भेटवाल, विश्व दीप घिमिरे र निर्देशक मोहन निरौलाले अर्वाड हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति , युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मलिना राई र शान्तिराम राईको स्वर तथा सङ्गीत रहेको छ ।थप समाचार -नेकपा (एमाले) को माधव नेपाल पक्ष पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।

नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल बाहेकका सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गएका हुन् । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् ।

माधव पक्षका एक नेताले भने, ‘मूल नेताहरू दलको बैठकमा जानुहुन्न ।’ सर्वोच्च अदालतको आदेशसँगै पुन:स्थापित भएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो । माधव पक्षले यसअघि बैठकमा नजाने बताउँदै आएको थियो ।