माधव पक्षका सांसद बालुवाटारतर्फ

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको एक्सनपछि माधव नेपाल पक्षका सांसद पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुग्नु भएको छ ।पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने उपस्थित हुनु भएको छैन ।

उहा आफ्नो गुटको भेलामा सहभागी हुनु भएकाले नआएको बताइएको छ । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि सांसदहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् । निक्कै सानो संख्यामा मात्र सांसद भएपछि नेपाल पक्ष अन्तत बैठकमा जान राजी भएको हो ।

हाल कायम रहेका १२० सांसद मध्ये नेपाल पक्षमा मुस्किलले दुई दर्जन रहेको बताइएको छ । ति मध्येपनि अधिकाशंले पार्टीको आधिकारीक बैठक भएकाले जानुपर्ने र नजाने भए आफुहरु जाने भनेर विद्रोह गरेपछि नेपाल हच्किनु भएको थियो ।