नेकपा एमालेको संसदीय द’लको विधान संशोधन हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको विधान संशोधन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले वि’धान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।त्यस्तै बैठकले संसदीय बोर्ड समेत गठन गरेको छ ।

सांसदले अनुशासन उल्लंघन गरेर का’रबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बो’र्ड गठन गरेको हो ।विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको सांसद महेश बस्नेतले जानकारी दिए ।

बोर्डमा २७ जना सांसद रहनेछन् । संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षका सांसदहरु गोपाल ब’म, नन्दा चपाई, समिना हुसेनलगायत सहभागी छन् । कलिला खा’तुन र गंगा चौधरी पनि सहभागी भएका थिए ।