आज नायिका आँचल शर्माको जन्मदिन, कतिमा लागिन् त ?

काठमाडौं– नायिका आँचल शर्माको आज जन्मदिन हो ।१८ मार्च १९९५ मा उनको जन्म काठमाडौंमा भएको हो । आजदेखी उनि २५ पार गरी २६ मा टेकेकी छन । काठमाडौं इन्टरनेसनल कलेजमा स्कुल पढाइ पूरा गरेकी आँचल अभिनेत्री, मोडल र भिजे पनि हुन् ।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नुअगावै एक सौन्दर्य प्रतियोगिता जितेकी आँचलको पछिल्लो अभिनित चलचित्र “झिंगेदाऊ” हो ।सामाजिक सञ्जालमा आँचललाई धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । श्रीमान डा.उदिप श्रेष्ठले मध्यरातमा नै केक काटिदिए ।आँचलले आफ्नो परिवारसँग जन्मदिन मनाएको केही झलक इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन् ।

आँचलले गत साल उदिपसँग बिबाह गरेकी हुन् । आँचल र उदिपको बिहे भएको हालसालै एक बर्ष बितेको छ । बिहेपछि पनि आँचलले फिल्म र म्युजिक भिडियो खेलिरहेकी छिन् । नाई नभन्नू ल ४ बाट फिल्म यात्रा सुरु गरेकी आँचलले जोनी जेन्टलम्यान, ब्ल्याक, शत्रुगते फिल्ममा अभिनय गरेकी छिन् भने झिंगेदाऊ फिल्म प्रदर्शनको क्रममा छ ।