चार वटा भाषामा वेद वाचन गर्ने राधिका दासीको रोचक कहानी-

मोरङमा जन्मिएकी भागवत मन्जरी राधिका दासीको समाजसेवा जोकोहीका लागि प्रेरणा बन्न सक्छ । प्रदेश नम्बर एक इटहरीमा केन्द्रिय कार्यालय रहेको माया घरकी संस्थापक तथा अध्यक्ष राधिकाले उक्त घरमा अहिले १२५ भन्दा बढीलाई आश्रय दिइरहनु भएको छ ।

आफू पनि माया घरमै बस्दै आउनु भएकि राधिकाले बेसाहारा जोकोही व्यक्तिको संरक्षण गर्दै आउनु भएको छ । माया घरको प्रदेश एकको धरान र प्रदेश दुईको बर्दिवासमा पनि शाखाहरु संचालन गरिएको छ । प्रदेश सरकारलेसमेत सडक मानवलाई माया घरको जिम्मा लगाउने गरेको राधिकाले जानकारी गराउनु भएको छ ।

२०७४ सालमा स्थापना भएको माया घर संचालन मात्रै होइन, राधिका भागवत बाचिकासमेत हुनुहुन्छ । भागवत बाचनबाट संकलित रकमले मायाको घर संचालन खर्चमा प्रयोग गर्दै आउनु भएको छ । माया घरलाई जन्मदिन, विवाह जस्ता कार्यबाट पैसा जोगाएर सहयोग गर्नेहरुको पैसा पनि आउने गरेको छ ।भिडियो