टोकियो क्षेत्रमा लागू गरिएको आ’पतकाल ह’टाउने घोषणा

टोकियो ।जापान सरकारले बिहीबार आधिकारिक रूपमा हाल टोकियो क्षेत्रमा लागू गरिएको आ’पतकाल आइतबार ह’टाइने घोषणा गरेको छ । तर अधिकारीहरूले जनतालाई कोभिड-१९ सं’क्रमण फैलनबाट जो’गिन सतर्क रहन आग्रह गरेका छन् ।

सरकारको भाइरस प्र’तिक्रियाको नेतृत्व गरिरहेका मन्त्री या’सुतोशी नि’शिमुराले पुनरुत्थानलाई न्यूनतम बनाउनु पर्नेमा जोड दिएका छन । ठूला शहरहरूमा सा’मूहिक परीक्षण बढाउने र बिग्रिएको प्रकोपको प्रा’रम्भिक संकेत पत्ता लगाउन सम्पर्क ट्रे’सिङलाई ब’ढावा दिने वाचा मन्त्री नि’शिमुराले गरेका छन ।

गत वसन्तमा भाइरस द्रुत रूपमा फै’लिएको भन्दै उनले अनावश्यक भि’डभाडबाट जो’गिन, मौसमी पार्टीहरू र भेलाहरू त्या’ग्न आम जनतालाई आग्रह गरे ।‘भविष्यमा साना प्रकोपहरू हुन सक्छन् र गिरावट (दैनिक नयाँ केसहरू) लाई शून्यमा ल्याउन गा’ह्रो छ ।मुख्य कुरा यसलाई म’हामारी प्रकोप हुनबाट रो’क्नुपर्दछ ।’ नि’शिमुराले भनेका छन ।

सरकारको सल्लाहकार प्यानलले बिहीबार बिहान टोकियो, खानागावा, चिबा र साइतामा प्रान्तको आ’पतकालिन अवस्था अन्त्य गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।प्रधानमन्त्री योशिहिदे सुगालाई औपचारिक रूपमा आपतकाल घो’षणा अन्त्यगर्न अनुमति दिन धेरै प्र’तीकात्मक तर आवश्यक प्रक्रिया अपनाउन समितिले भनेको छ ।

अझै संक्रमणका संकेतहरू दैनिक फेरि ब’ढ्ने देखिएको ख’तराको स्थितिलाई दर्शाएको समितिले जनाएको छ । यी घटनाहरूमा संक्रमण उ’कालो ब’ढ्ने चि’न्ताले गिर्दो आर्थिक गतिविधिहरूलाई पुन: जगाउने प्रयासलाई अ’सर पार्ने देखिएको छ । तर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीको लचिलोपन, सुगा प्रशासनको विश्वसनीयता र ग्रीष्मकालीन ओलम्पिकको व्यवहारिकतालाई बिगार्न सक्नेमा सचेत गराइएको छ ।

आ’पतकालिन अवस्था ह’टेपनि विदेशबाट आउने नवप्रबेशीहरुका लागि अधिकारीहरूले कडा सीमा नियन्त्रणका उपायहरू कायमै राख्ने छन जुन प्रभावकारी रूपमा नयाँ आगमनलाई मुलुकमा प्र’तिबन्ध लगाउने यस अघिकै नियम लागू छ । यद्यपी केही अ’पवादमा भने प्रबेश दिइनेछ ।

प्यानल बैठक पछि स्वास्थ्य मन्त्री नो’रिहिसा तामुराले आ’पतकालको अवस्था ह’टाइएमा मात्र हाम्रो जीवन सामान्य अवस्थामा आउँछ भन्ने नसोच्न आग्रह गर्दै सचेतता झनै आवश्यक रहनेमा नागरिकहरुलाई सचेत गराएका छन ।चारवटा क्षेत्रहरूमा आ’पतकालको अवस्था अन्त्य गर्ने तर्कका रूपमा केन्द्र सरकार र जनस्वास्थ्य विज्ञहरूले अस्पतालको ‘बे’ड’ ओ’गटेको दर घटेको बताएका छन ।

टोकियोमा कोरोनाका बिरामीहरूको लागि अस्पतालमा ओ’छ्यानको प्रयोग मार्च २ मा ३२ प्रतिशतबाट घटेर मंगलबार २५ प्रतिशत मा पुगेको छ । साइतामा ४२ प्रतिशतबाट ३८ प्रतिशत, चिबामा ५० प्रतिशतबाट ३७ प्रतिशत र खानागावामा २९ प्रतिशतबाट २५ प्रतिशत झरेको छ।

रेष्टुरेन्टहरू लक्षित मा’द’क पे’य प’दार्थहरुको सेवा ८ बजेबाट बढाएर ९ बजेसम्ममा ब’न्द गर्न भनिएको छ । यस अघिको दैनिक आर्थिक सहयोग ४०,००० येनमा झा’रिने छ ।प्रधानमन्त्री सुगाले आफ्नो तर्फबाट बुधवार साँझ बोल्दै आ’पतकालको प्रभावकारिताबारे बताउंदै नयाँ संक्रमितको संख्या जनवरीमा तेस्रो छालको रुपमा उच्च बि’न्दुमा पुगेको तुलनामा ८० प्रतिशत तल झ’रेको जानकारी गराएका छन ।