नक्कली सिडिओ पक्राउ

सुर्खेत। चितवनमा राष्ट्रिय अनुसन्धान बिभागका नक्कली एसपी पक्राउ परेको घटना से’लाउन नपाउँदै सुर्खेतमा नक्कली सिडिओ पक्राउ परेका छन् ।उनलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

आफुलाई सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठ’गी धन्दा चलाउँदै आएका जाजरकोटको छेडागाढ नगरपालिका–२ डे’ढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।बुढाबिरुद्द महानगरीय अ’पराध महाशाखामा उ’जुरी परेको थियो। महाशाखाकोआग्रहमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेत्रकुमारी पौडेलको जा’हेरीका आधारमा महानगरीय अ’पराध महाशाखाले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।बुढाले ‘ना’गुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भि’डेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।पक्राउ परेका उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।उनले सरकारी यू’निफर्म लगाएरै उनले ठ’ग्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक पनि ब’रामद गरेको छ ।यसअघि आफूलाई राष्ट्रिय अनुसन्धान बिभागको एसपी भन्दै बिभिन्न व्यक्तिहरूलाई अनेक प्रभाव तथा प्र’लोभनमा पारी रकम ठ’गी गर्दै हिँड्ने विश्वसराज पन्तलाई खैरहनी पर्साबाट चितवन प्रहरीले पक्राउ गरेको थियो।