Breaking: परीक्षा अगावै सिटिईभिटीको प्रश्न पत्र आ’उट, पाँच जना पक्राउ !

जनकपुरधाम । आज जनकपुरमा सि’टिईभिटीको प्रश्नपत्र आउट गरेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज रहेको सि’टिईभिटीको परीक्षाको लागि परीक्षा हुनु अ’गावै प्रश्न पत्र आउट भएको श्रोतले बताएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ भैरवचोकबाट पक्राउ गरिएको हो ।

भै’रवचोकमा सँचालनमा रहेको केही फोटोकापी पसलमा प्रहरीले छा’पामारी गरी पक्राउ गरिएको हो । उनीहरुले प्र’श्नपत्र आउट भएको अवस्थामा प्रश्नपत्रको फोटोकापी गरिरहेको अवस्थाबाटै पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रका अनुसार, उनीहरुलाई गोप्य सूचनाको आधारमा छा’पामारी गर्दा पक्राउ गरिएको हो ।

उनीहरुको नाम भने अहिले गो’प्य राखेको तथा अनुसन्धान तीव्र पारिएको जनाइएको छ । उनीहरुको क’सुर ठ’हरिए का’नुन बमोजिम का’रवाही गरिने जनाइएको छ । प्रश्नपत्र आउट गर्नमा परीक्षाकेन्द्र भित्रकै वा सम्बन्धित निकायकै कोही व्यक्तिको सँ’लग्नता हुन सक्ने अनुमान गरिएको छ । यस बारे थप अनुसन्धान भैरहेको बताएको छ ।