सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

दारेसलाम । तान्जानियामा सामिआ सु’लुह ह’सन पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको प’रेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा स’पथग्रहण गरेकी छन् ।तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार नि’धन भएपछि हसन राष्ट्रपति भएकी हु्न ।

तान्जानियाको राजधानी दारेसलाममा मुटु रो’गको उपचार गराइरहेका म’गुफुलीको बुधबार राति मृ’त्यु भएपछि उपराष्ट्रपति समिआ सु’लुह हसन राष्ट्रपति बनेकी छन् ।हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् ।संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो–चरणको बाँकी अवधिमा काम गर्ने छन् ।

सो अवधि सन् २०२५ सम्म रहनेछ ।पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने छन् ।