बिना व्यायाम एक हप्तामै १३ किलोसम्म मोटोपन घटाउने भन्दै ठ’गी गर्ने दुई जना पक्राउ

काठमाडौं- बिना व्यायाम एक हप्तामै १३ किलोसम्म मोटोपन घ’टाउने भन्दै ग्रिन कफीको नाममा ठ’गी धन्दा चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पोखरा महानगरपालिका-१९ घर भएका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक ३० वर्षीय इ’गोर कु’ट्सलाई पक्राउ गरेको हो।

आचार्यको नाममा एक कम्पनी दर्ता गरेर उनीहरुले ग्रिन कफीको व्यापार गरेका थिए। उक्त कफी से’वन गरेपछि बिना व्यायाम, बिना डा’इटिङ, कुनै सा’इडइफे’क्टबिना एक हप्तामै १३ किलोसम्म मोटोपन घटाउँछ भन्दै अनलाइनमार्फत् विज्ञापन गरेर ठ’गी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सि’आइबीका निर्देशक तथा डिआइजी सहकुलबहादुर थापाले बताए।

नयाँबजार खुशिबुमा टिम वान सप्लायर्स प्रालि खोलेर उनीहरुले ग्रिन कफी भन्दै यसरी ठ’ग्ने गरेको सिआइबीको दा’बी छ। गत कात्तिकदेखि उनीहरुले यसरी ठ’गी गर्दै आएको अनुसन्धानबाट खु’लेको सिआइबीका प्रवक्ता एसपी, गंगा पन्तले जानकारी दिइन् ।उनीहरुले ग्रिन कफी प्रतिकेजी ९६० रुपैयाँमा ल्याउने र विभिन्न के’मिकल हा’लेर प्र’शोधित गरेपछि प्रतिकेजी २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

यसरी उनीहरुले १ किलोमै ४० हजार रुपैयाँ नाफा लिई ठ’गी गर्दै आएका थिए। उनीहरुले अहिलेसम्म ७ करोड रुपैयाँ बराबरको ’कारोबार गरिसकेको देखिएको एसपी पन्तले बताइन्। त्योमध्ये २ करोड रुपैयाँ हु’ण्डीमार्फत् भारत पुगेको र केही रकम भने रसियामा समेत पुगेको सि’आइबीले जनाएको छ।

यही शै’ली अपनाएर भारत र रसियामा सेमत ठ’गी हुने गरेकोले यसको मुख्य योजनाकार र’सियन नागरिक रहेको सिआइबीले जनाएको छ। एक हप्तामै १३ किलोसम्म तौल घ’टाउने भन्ने विज्ञापन आएपछि सिआइबीले समेत १ किलो ग्रिन कफी किनेर यसको परीक्षण समेत गरेको थियो।

तर, विज्ञापनमा दा’बी गरेजस्तो कुनै च’मत्का’र नभएको र चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएपछि उनीहरु पक्राउ परेका हुन्। डेढ महिना लामो अनुसन्धानपछि उनीहरु पक्राउ गरेको सि’आइबीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ। आचार्यको नाममा कम्पनी दर्ता भएको देखिए पनि यसको मुख्य योजनाकार भने र’सियन नागरिक नै रहेको सिआइबीको दा’बी।

नेपाली ग्राहकलाई विश्वासमा पार्न सम्बनधित व्यक्तिलाई समेत जानकारी नै नदिई समाजका प्रतिष्ठत व्यक्तिदेखि डाक्टरसम्मको फोटो प्रयोग गरेर विज्ञापन बनाउने गरेको देखिएको छ। उक्त कफी से’वन गरेपछि कुनै च’मत्का’र नभएको उल्टै रिं’गा’टा लाग्ने, वा’न्ता आउने, यौ’न इच्छा कम हुने मा’नव स्वास्थ्यमा समेत ग’म्भी’र अ’स’र पर्ने गरेको पाइएकाले सोही अनुसार मु’द्दा दर्ता गरी का’रबाही गरिने सिआइबीले जनाएको छ।

अहिलेसम्म दुई जना उपभोक्ताले यो कम्पनीवि’रुद्ध उ’जुरी दिएका छन् भने उपभोक्ता हि’त संरक्षण मञ्चले समेत उ’जुरी दिएको सिआइबीले जनाएको छ। यो कम्पनीमा २० कर्मचारी कार्यरत थिए भने ६ जना डेलिभरी म्यान रहेको पाइएको छ। अनलाइनमार्फत् अ’र्डर गरेका ग्रिन कफी उनीहरुले सम्बन्धित ठाउँमा पुर्‍याउने गर्थे। सिआइबीले बिहीबार छा’पा मा’र्ने क्रममा भने ४ जना मात्रै कर्मचारी थिए।

प्रहरीले उक्त कम्पनीमा छा’पा मा’रेर १२ बोरा अर्थात ६ सय ४४ किलो हरियो कफी, बिक्री गर्ने तयारीमा राखेको १ सय ग्रामको हरियो कफी २ हजार ८ सय २२ प्याकेट, विभिन्न कच्चा पदार्थहरु ब’रा’म’द गरेको छ। त्यसैगरी, २५ थान ल्याटप, ३ लाख ९७ हजार नगद, २ थान मोबाइल ब’रा’म’द गरेको छ। ठूलो संख्यामा ल्यापटप ब’रा’म’द भएपछि बि’ट’क्वा’इ’न मा’इ’नि’ङ हुने गरेको समेत आशंका गरिएको छ। स्वास्थ्य खबर