नेपाल एयरलाइन्सले जापान करिव ६० यात्रु मात्र उडान भर्न पाउने

टोकियो। जापानले कोरोना भाइरस महामारी नियन्त्रण उपाय अन्तर्गत दैनिक २ हजार यात्रु जापान प्रवेश दिने घोषणा गरेको छ । नियमानुसार एक दिनमा अधिकतम २,००० यात्रु मात्र जापान प्रवेश गर्न पाउँछन् ।यसमा आवाशिय भिषा प्राप्त बिदेशी मात्र होइन, विशेष परिस्थितिजन्य अवस्थाको कारणमा प्रवेश पाउने देखी जापानी नागरिक समेत जोडिन्छन् ।

हाल विश्वभरबाट दैनिक दर्जनौं बिमान कम्पनीहरुले उडान सेवा दिइरहेका छन् । यसमध्येमा एक हो नेपाल एयरलाइन्स ।नेपाल एयरलाइन्सले हाल उडान घटाएर औषतमा साताको दुई उडान भर्दै आएको छ । जापानले तोकेको दैनिक सिमा अन्तर्गतको नियममा नेपाल एयरलान्स समेत समेटिन्छ ।

यसमा बिमान कम्प्नीले गर्ने उडान संख्या नहेरी उक्त बिमान कम्पनीले उडान भर्ने दिनको उडान संख्या हेरेर बिमान कम्पनीहरुलाई उनिहरुले ल्याउन पाउने यात्रु संख्या निर्धारण हुन्छ ।सोही अनुसार हाल जापानले तोकेको दैनिक सिमा संख्यामा नेपाल एयरलाईन्सले उडान भर्ने दिन ३० भण्दा बढी बिमान कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान भर्ने गरेको पाइएको छ ।

यसमा जापान एयरलाईन्स, अल निप्पोन एयर, थाइ एयर, कतार एयरवेज, युनाइटेड इमिरेटस्, कोरियन एयरलाईन्स, सिंगापुर एयरलाईन्स, डेल्टा एयर, पिच एयरलाईन्स, जिजु एयर, चाइना एयरलाईन्स, एयर बुसान, एयर फ्रान्स, चाइना इष्टर्न लगायत रहेका छन् ।

यि सबै ३० बढी एयरलाईन्सलाई एकदिन जापान प्रवेश गराउन पाउने २ हजार यात्रु संख्या विभाजन गर्दा नेपाल एयरलाइन्सलाई केवल औषतमा ६० यात्रु मात्र जापान ल्याउन भन्दै जापान उड्डययन निकायले पत्राचार गरेको जनाएको छ । पत्रमा नेपाल एयरलाईन्सलाई नेपालबाट जापान आउँदा औषतमा अधिकतम ६० यात्रु ल्याउन पाउने भएपनि जापानबाट भने अधिकतम क्षमतामा यात्रु लैजान पाउने छुट रहेको छ ।

किनभने नेपाल सरकारले बिदेशबाट बिमान कम्पनीले कति यात्रु ल्याउन पाउने भन्ने नियम राखेको छैन ।जापानले समेत ल्याउन पाउने यात्रु संख्या तोकेपनि लैजान पाउने यात्रु संख्यामा केही बोलेको छैन ।नेपाल एयरलाईन्सले कम यात्रु ल्याउन पाउनेभएपछि बिमानको भाडा समेत बढ्ने देखिएको छ ।

जस अनुसार अब नेपालबाट जापान आउने यात्रुले इकोनोमिक क्लासको न्यूनतम ६५ हजार रुपैयाँ तिनुपर्नेछ । यसैगरी अन्य स्तरका टिकटको शुल्कमा समेत सोही अनुसार बृद्धि हुने नेपाल एयरलाईन्स जापान सम्वद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।जापानले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाएको आतकाल हटाएपछि पनि विदेशी नागरिकहरुको नव प्रवेशमा लगाएको प्रतिबन्ध यथावत् राखेको छ ।

सोही अनुसार बिदेशी यात्रु प्रवेशमा गरिएको कडाईलाई यथावत राख्दै जापानले अधिकतम यात्रु प्रवेशको नयाँ नियम तोकेको हो ।जापानले हवाई उडानमा यात्रीको संख्यामा सीमा तोकेर दैनिक रुपमा प्रवेश गर्ने कूल संख्यामा नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रधानमन्त्री सुगा योशिहिदेले बताएका छन् ।