सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा २ हजार २ सय २७ उत्तिर्ण

काठमाडौं ।सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा २ हजार २ सय २७ जना परिक्षार्थी उत्तिर्ण भएका छन् । सशस्त्र प्रहरीले १८ सय ३३ पदमा विज्ञापन गरेको थियो ।

लोक सेवा आयोगद्वारा यही पुस १८ मा लिइएको लिखित परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको हाे ।हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका थिए ।

सबै प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन भएको सूचना शाखाका डिएसपी सुरेश गैरेद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।लिखित परीक्षामा पास भएकाहरूले सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्ने छ ।