कोरोना सङ्क्रमण ह्वातै ब’ढेपछि फ्रान्स र पोल्याण्डमा फेरी ल’कडाउन

वीरगञ्ज । कोरोना सङ्क्रमण बढ्दै गएपछि युरोपका केहि देशले फेरी लकडाउन घो’षणा गर्ने भएका छन् । सङ्क्रमणको दर ह्वा’त्तै बढेपछि युरोपको फ्रान्स र पोल्यान्डमा आंशिक ल’कडाउन गरिने बताएका छन् ।कोरोनाको तेस्रो लहरले फ्रान्सको राजधानी पेरिससहित विभिन्न शहरहरु प्रभावित भएका छन् ।

फ्रान्समा शुक्रवार मध्यरातबाट आंशिक ल’कडाउन गरिएको हो । लकडाउन घो’षणा गरिएसँगै शहर छाड्नेहरुको संख्या बढ्दा ट्राफिक अस्तव्यस्त भएको थियो । पहिलाको जस्तो क’डा लकडाउन नभएपनि अत्यावश्यक व्यवसायबाहेक का अन्य व्यवसाय ब’न्द गर्न भनिएको छ। विद्यालयहरु भने खुल्नेछन् ।

पोल्यान्डमा शनिबारदेखि तीन हप्ताकालागि ल’कडाउन घो’षणा गरिएको छ । यो समयमा पसल, होटल, सांस्कृति र खेलकुद क्षेत्र ब’न्द गरिने भएको छ । दुवै देशमा मानिसहरुको हिँ’डडुलमा भने प्र’तिबन्ध लगाइएको छैन तर अनावश्यक भि’डभाड नगर्न र सतर्कता अ’पनाउन भनिएको छ ।

युरोपियन राष्ट्रहरुमा अहिले फेरि संक्रमणको दर ब’ढ्दै गइरहेको छ । जर्मनीमा पनि संक्रमण ब’ढेपछि चा’न्सलर ए’न्जेला मा’र्केलले आ’पतकाल वा ल’कडाउन पे’रि लागू गर्ने तयारी गर्ने बारेमा छलफल गरिरहेकी छिन् । एजेन्सीको सहयोगमा ।