४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना छुटे

काठमाडौं । सुनुवाइविनै ४० वर्षसम्म भा’रतीय जे’लमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थु’नामु’क्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको द’मदम केन्द्रीय का’रा’गारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छु’टेका हुन् ।

कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थु’नामु’क्त भएको बताए । उनले भने, ‘आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै हुनुहुन्छ ।’ उच्च अदालत, कोलकाताका मुख्य न्या’याधीश थो’टथिल बी राधाकृष्णन् र न्या’याधीश अ’निरुद्र रो’यको इ’जलासले बुधबार साँझ उनलाई छा’ड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मा’नसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका ना’तेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छा’ड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि का’नुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छु’टेका हुन् ।अदालतले प्रत्येक ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ ।

त्यसो त अदालतले उनी करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय का’रागा’रमा राखेर न्या’यको कुनै औ’चित्य पूरा नहुने पनि भनेको थियो ।दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका व’किल हि’रक सि’न्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सु’ब्रज्योति घो’षले ब’सह गरेका थिए । उनीहरुले न्या’यको पक्षमा भन्दै निःशुल्क ब’हस गरेका थिए ।