एमाले संसदीय दलको बैठकस्थलबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि तरंग

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठकस्थलभित्रबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि यसले राजनैतिक वृत्तमा तर्क वितर्क जन्माएको छ ।संसदीय दलको बैठकमा सांसद कृष्णभक्त पोखरेलले बोल्दै गर्दा वलीले सेल्फी भिडियो खिचेकी हुन् ।

भिडियोमा सांसद पोखरेलले केपी ओलीको सरकार ५ वर्षसम्म चल्नुपर्ने बताएका छन् ।वलीले यसरी भिडियो सार्वजनिक गरेपछि राजनैतिक वृद्धमा टिकाटिप्पणी सुरु भएको छ ।पोखरेल उनै सांसद हुन् जसले प्रतिनिधिसभा विघटनको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस समेत गरेका थिए ।

लामो समयसम्म माधव नेपाल पक्षमा रहेका सांसद पोखरेल फर्किएर गरेको सम्बोधन यसरी रेकर्ड गरेर सामाजिक संजालमा पोस्ट गर्नुलाई नेपाल पक्षलाई ‘देख्यौ त !’ भन्न खोजेको रुपमा अर्थ लगाइएको छ । भिडियो