बालुवाटारमा बामदेवले भने- ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ, मलाई ह्वीप लाग्दैन’

काठमाडौं, ७ चैत। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिबाट चुनिएकाले आफूलाई संसदीय दलको ह्वीप नलाग्ने बताउनुभएको छ । शनिबार बालुवाटारमा दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको दलको बैठकमा पुग्नुभएका गौतमले आफूलाई ह्वीप नलाग्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो । तथापि, म दलको निर्देशन भन्दा बाहिर जान्न । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि हुन्छ भन्ने लागेको हो ।’संसद् विघटन र अविश्वासको प्रस्ताव कतै पनि नलागी पार्टी एकता जोगाउन लागिपरेको उहाँले बताउनुभएको छ ।

पार्टी एक बनाउने क्रममा कहिले कसैलाई बढी र कसैलाई कम गरेको पनि कसैको पछि नलागेको उहाँले स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, ‘म कतै लागिनँ । पाटी एक बनाउन लागेँ, कहिले कसैलाई बढी र कसैलाई कम भने हुँला ।’२३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि आफू खुशी भएको पनि गौतमले सम्झिनुभयो ।