झापाको दमकस्थित चियाबगानमा ट्रिपरको ठ’क्करबाट १ जनाको मृ’त्यु, अन्य ४ जना घा’ईते

आज साँझ ५ बजे भएको सो दु’र्घटनामा परि रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २४ का अनिस कोईरालाको मृ’त्यु भएको हो । पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठ’क्कर दिदा मोटरसाईकलमा सवार कोईरालाको मृ’त्यु भएको हो ।

उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिनुभयो । सोही मोटरसाईकलमा सवार र’तुवामाई नगरपालिका ८ का २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बास्तोला गं’भीर घा’ईते भएका छन् ।

उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि बि एण्ड सी अस्पताल लगिएको छ । त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्काे को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठो’क्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घा’ईते भएका छन् । उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको छ ।