‘नाडा अटो शो’ मा श्रृंखला खतिवडा, उनको रोजाइमा कुन गाडी ?

काठमान्डौ , पूर्व मिस नेपाल श्रृंखला खतिवडाले काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१९’ को अवलोकन गरेकी छन्।विभिन्न ब्राण्डका सवारीसाधनहरु अवलोकन गरेकी उनले महिन्द्रा एण्ड महिन्द्राको स्टलमा पुगेर आफ्नो धारणाहरु राखेकी थिइन्। उनले महिन्द्राको गाडी अफूलाई मनपर्ने बताउँदै अरुलाई पनि सोही गाडी चढ्न सिफारिस गरिन् । उनले पार्टसहरुको मूल्य पनि अन्यको ब्राण्डहरुको तुलनामा सस्तो भएको र सहजै उपलब्ध हुने बताइन् ।खतिवडा पनि महिन्द्राकै इलेक्ट्रिक गाडी चढ्छिन् । उनी महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपकी ब्रान्ड एम्बासडर पनि हुन् ।

उनी महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपकी ब्रान्ड एम्बेसडर समेत हुन् । त्यस्तै सस्याङ योङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले विभिन्न ६ वटा मोडेलका एसयूभी गाडीहरु बजारमा ल्याएको छ। भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१९ मा यी गाडीहरु सार्वजनिक गरिएको हो ।सार्वजनिक गरिएको गाडीहरुमा रेक्सटोन, कोरन्डो, टिभोली, एक्सएलभी र एक्योन स्पोर्टस र एसयूटी मुस्सो रहेका छन् ।सस्याङ योङ खरिदमा कम्पनीले सामसुङ ब्राण्डको नयाँ मोबाइल ग्यालेक्सी नोट १० उपहारको अफर ल्याएको छ । त्यस्तै, रेक्टोन, कोरन्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्टस मोडलको गाडी खरिदमा पनि यो अफर लागू गरिएको छ ।

कम्पनीले ग्राहकलाई पुराना गाडी साटी नयाँ गाडी खरिदका लागि समेत अफर दिएको छ । त्यस्ता कम्पनीले बेस्ट स्पट एक्सचेञ्ज अफरको सुविधा पनि दिएको छ । कम्पनीले त्यसबाहेक १ वर्षको बीमा, १ वर्षको सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ, वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर, २५ हजार रुपैयाँसम्मको एसेसेरिज जस्ता सेवा समेत उपलब्ध गराउने जनाएको छ ।त्यस्तै, मेलामै सार्वजनिक गरिएको मुस्सो ग्राण्डमा ५ वर्षे निःशुल्क सर्भिस, निःशुल्क बीमा र २५ हजार रुपैयाँ बराबरको एसेसेरिज सुविधा दिएको छ। यसको मूल्य ७३ लाख ९९ हजार रुपैया तोकिएको छ ।