मनाङमा ट्रक दु’र्घटना, एकै परिवारका तीन सहित पाँच जनाको मृ’त्यु

लमजुङ : मनाङको नासों गाउँपालिका ४, खो’त्रोमा शनिबार दिउँसो ट्रक दु’र्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दु’र्घटना हुँदा घ’टनास्थलमै एक नाबालकसहित एकै परिवारका तीन जनाको मृ’त्यु भएको थियो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसारका अनुसार थप दुई जनाको उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ६–७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।

मृ’तक लि’उन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्। त्यसैगरी उपचारको क्रममा ट्रकका सहचालक लक्ष्मण नेपाली र स्थानीय राजु विकको मृ’त्यु भएको हो ।सिमेन्ट बो’केर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दु’र्घटना भएको हो। ट्रक सडकबाट करिब ४५ मिटर तल मस्र्याङ्दी नदीमा पुगेको छ।

दु’र्घटनामा परी ट्रकका चालक लमजुङका सुमन तामाङसहित अन्य केही घा’इते छन् । घा’इतेलाई उपचारको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको छ। मृ’तकको श’व पो’ष्ट’मा’र्ट’म’को लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ। शनिबार दिउँसो अन्दाजी साढे ३ बजेतिर दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ। दु’र्घ’ट’ना’को कारण अझैसम्म खु’लेको छैन।