भीम रावलले मागे उल्टै ओलीसँग स्पष्टीकरण !

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेकोप्रति आ’पत्ति जनाएका छन्। आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले नेता माधवकुमार नेपाल सहित नेताहरु घनश्यामभुसाल, भीम रावल लगायतसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सो निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अ’बैध छ। यो उहाँको नि’रंकुश स्वे’च्छाचारी प्रवृत्तिको द्यो’तक हो’। यस्तो छ नेता रावलको धारणा :राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्र’सित भई विदेशी गु’प्तचर प्रमुखसंग राती मन्त्रणा गर्ने,

नेपाको संविधान मिच्दै जनादेशमाथि प्र’हार गरी प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनको ष’डयन्त्र गर्ने केपी ओलीजीले अ’बै’ध कमिटीको कथित बैठकबाट म समेत नवौं राष्ट्रिय महाधवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई का’र्वाईका लागि स्पष्टीकरण सोधे क’थित निर्णय गर्नु अ’बै’ध र हा’स्यास्पद छ । त्यस्तो निर्णयलाई म पूर्णतः अ’स्वीकार गर्दछु।

आम निर्वाचनमा जारी प्रतिवद्धताको कार्यान्वयन गर्नुको साटो राष्ट्र हित विपरीतका काम गर्ने, आफै हस्ताक्षर गरी कायम गरेको पार्टी एकता आफै फु’टाउने, नेपालको संविधान मिचेर प्रतिनिधि सभा विघटन गरी जनादे’शको अपमान गर्दै प्र’तिगमनकारी काम गर्ने, सर्वोच्च अदालतको फैसलाको अवज्ञा गरी नेकपा (एमाले) को विधान उल्लङ्घन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा को’र्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ ।