अष्ट्रेलियामा बाढीले डु’बायो नेपालीले संचालन गरेका रेस्टुरेन्ट, सरकारद्वारा प्राकृतिक विपत घोषणा

सिड्नी – अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् ।

यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् ।बिहीबारयता यहाका नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् । केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् ।

संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् ।

यहाँको जलवायु विभाग, प्रहरी र आपतकालीन सेवाका संयन्त्रहरु उच्च सतर्कताका साथ परिचालन भएका छन् ।प्रमुख राजमार्ग तथा सडकहरु बन्द भएका वा हुनसक्ने भएकाले ती इलाकामा तय गरिएका सबै भ्रमण रद्द गर्न आफ्ना नागरिकहरुलाई सुझाव दिइएको छ ।

अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ तर आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्धार कार्यले कही पनि मानवीय क्षति भएको छैन ।सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिबार पानीको मात्रा बढी भएर बाँध बाहिर ब’ग्न थालेपछि उक्त बाँ’ध आसपासका बस्तीहरुलाई शनिबार रातिदेखि आइतबार बिहानसम्म सतर्क पारिएको छ ।

यहाँको हक्सबरी नदीमा बाढीको उच्च बहाव छ भने सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु उर्लेका छन् । पश्चिम सिड्नीको पारामाटा र पश्चिमी भित्री सहर म्यारिकभिलमा सडक जलमग्न हुँदा यातायात प्रभावित भएको थियो । न्यु साउथ वेल्समा अझै केही दिन भारी वर्षा हुने पूर्वानुमान यहाँको जलवायु विभागले गरेको छ।

आइतबार बिहानैदेखि यहाको पिक्टन इलाकामा आपतकालीन सूचनाका लागि सतर्क गरिएको छ र खतरा आइपुग्नु अघिनै बस्ती खाली गरिने बताइएको छ ।शनिबार नै न्यु साउथ वेल्सकी प्रिमियर ग्ल्यादी बेजेरिक्लिनले जनताको जीउ धनको सुरक्षा गर्न राज्य सरकार र निकायहरु अहोरात्र खट्ने बताएकी थिइन् ।अहिले न्यु साउथ वेल्सभर करिब ५० हजार आपतकालीन उद्धारकर्ताहरु खटेका छन् ।

छिमेकी कुइन्स्ल्यान्ड राज्यकी प्रिमियर अनेस्तासिया पलास्जुकले न्यु साउथ वेल्समा उद्धारका लागि राज्य आपत्काल सेवाका डुंगा हरु र स्वयमसेवक पठाइने बताएकी छिन् ।गत बिहीबारदेखि भारी वर्षा हुन थालेपछि न्यु साउथ वेल्सका वर्षा र बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय र बसोबास गर्ने नेपालीहरु पनि प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित पोर्ट मक्वारीमा बस्ने नेपाली भएका छन् ।

तीमध्ये एक हुन् झापाका प्रविन चौहान । शनिबारदेखि टारी स्थित स्थानीय उद्धार केन्द्रमा सुरक्षित् बसिरहेका प्रविन चौहान पोर्ट मक्वारीमा रेस्टुरेन्ट संचालन गरिरहेका नेपाली हुन् । एकै स्थानमा दुईवटा रेस्टुरेन्ट संचालन गरेर दर्जन बढी नेपालीलाई रोजगारीसमेत दिइरहेका उनी आफैं शुक्रबारको बाढीले पोर्टमक्वारी क्षेत्र प्रभावित भएकाले सुरक्षित उद्धार केन्द्रमा बसेका छन् ।

चौहानले भने- अहिले म व्यक्तिगत उद्धार केन्द्रमा सुरक्षित् छु तर व्यवसाय के भयो थाहा छैन ।उनका अनुसार अहिले उनको परिवारका सदस्यहरुबीच भेट हुन सकेको छैन । वर्षाले यातायात, विद्युत र टेलिफोन बन्द भएकाले अझै तीन दिन सम्पर्क हुन क’ठिन हुने उनको अनुमान छ ।

प्रविनले भने – म टारीमा छु, छोरी ग्लोस्तरमा छिन् र श्रीमती माउन्ट जर्जमा छिन् । छोरीसँग टेलिफोन सम्पर्क भए पनि श्रीमतीसँग आइतबार मध्याह्नसम्म सहयोगीमार्फत फोन सम्पर्क हुने अपेक्षा गरेको छु ।उनले वागावागामा अध्ययन गरिरहेको आफ्नो छोरासहित अस्ट्रेलिया र नेपालमा भएका आफन्तहरुलाई आफ्नो बारेमा चिन्ता नलिन अनुरोध गरेका छन् ।

‘स्थिति सामान्य हुन केही दिन लाग्ला तर यहाको आपतकालीन उद्धार सेवा भरपर्दो छ, कुनै चि’न्ता लिनु पर्दैन,’ प्रविनले भने ।पोर्ट मक्वारीमै रहेकी रामेछापकि जमुना चौलागाईले आफूहरु लगायत आसपासका ३० परिवार नेपाली वर्षा र बाढीबाट सुरक्षित् रहेको बताएकी छिन् ।अनलाइन खबर