आमालाई मि’ठाई बोकेर काँकडभिट्टा आइपुगे दुर्गाप्रसाद

४० वर्षपछि भारतीय जे’लबाट मु’क्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार स्वदेश आइपुगेका छन्। कलकत्तास्थित दमदम जेलबाट शनिबार रि’हा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका हुन्। उनलाई अब त हामी नेपाल आइयो नि भन्दा उनले यति मात्रै भने- हो।

चार दशकपछि स्वदेश फर्किँदा पनि उनी मौन थिए। जे’लबाट छु’टेका तिम्सिनाले आफ्नी आमाका लागि मिठाइ बोकेका छन्। यो मिठाई उनी आफैंले भने किनेका होइनन्। ह्या’क रेडियो अ’परेटरहरूको पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधिले उनकी ८६ वर्षीया आमाका लागि मिठाई पठाएका हुन्।

दुर्गाप्रसाद आजै इलाम जानेछन्। त्यहाँ उनको आमासँग भेट हुनेछ। दुर्गाप्रसाद ४१ वर्षदेखि ट्रायलविना नै जे’ल बसिरहेको सूचना सबैभन्दा पहिला वेस्ट बंगाल रेडियो क्लबको ह्या’म रेडियोबाट प्रकाशित भएको थियो । क्लबले दुर्गाप्रसादबारे समाचार मात्र प्रसारण गरेन, नेपालमा आ’फन्तको खोजीका लागि सहयोग पनि ग¥यो ।

यही क्लबको पहलमा अधिवक्ता हि’र’क सि’न्हा’को स’मूहले निःशुल्क मु’द्दा पनि ल’डि’दिए । यस संस्थाका सचिव अ’म्बारिशनान विश्वास दुर्गाप्रसादलाई स्वागत गर्न द’मद’म जे’ल पुगेका थिए । दुर्गाप्रसादलाई आफ्नै पहलमा छु’टाउन पाउँदा उनी निकै भा’वुक देखिए ।‘दीपक जैसी (दुर्गाप्रसाद) छुट्दा म निकै खुसी छु ।

यो खुसी म व्यक्त गर्नै सक्दिनँ,’ भ’क्का’निँदै विश्वासले भने, ‘घरमा उहाँकी ८५ वर्षकी आमा हुनुहुन्छ । अब उहाँ आमालाई भेट्न जाँदै हुनुहुन्छ । यो हाम्रो क्ल’बको ठूलो उपलब्धि हो ।’ विश्वास दुर्गाप्रसादलाई अँगालो हा’ल्दै केही समय भावुक बने । छु’टाउन द’म’द’म जे’ल पुगेका विश्वासले दुर्गाप्रसादका लागि क’मिज र पा’इजामा लगिदिएका थिए ।

उनी दुर्गाप्रसादको स्वागतका लागि रजनीगन्धा फूलको माला लिएर जे’लसम्म पुगेका थिए । जुन माला पश्चिम बंगालमा खुसी र दुःखको क्षणमा निकै महत्वपूर्ण छ । माला बोकेर विश्वासकी छोरी स’बोर्नीनाग विश्वास र श्रीमती रिं’कुनाग पनि जे’लसम्म पुगेका थिए ।‘हाम्रो समाजमा र’सगुल्लाको जति महत्व हुन्छ त्यति नै यो र’जनीगन्धा मालाको महत्व हुन्छ ।

दुःखको क्षणमा यो सेतो र’जनीग’न्धाको माला मात्र लगाइन्छ भने सुखको क्षणमा यसको बीचमा राता फूलहरू मिसाइन्छ,’ स’बोनीले भनिन्, ‘४१ वर्षपछि उहाँ छुट्दै हुनुहुन्छ । उहाँलाई यो माला लगाएर र’सगुल्ला खुवाएर नेपाल पठायौँ ।’ विश्वासले दुर्गाप्रसादकी वृद्ध आमा ध’नमाया (८५)का लागि पनि उपहारका रूपमा र’सगुल्ला पठाइदिए ।

‘आमा तपाईंको प्रतीक्षामा हुनुहुन्छ । अब तपाईंले चाँडै आमालाई भेट्न पाउँदै हुनुहुन्छ,’ विश्वासले भने, ‘आमाका लागि यो र’सगुल्ला पठाइदिएका छौँ ।’दुर्गाप्रसाद सन् १९८० मा दार्जिलिङकी एक महिलाको ह’त्या अ’भियोगमा पक्राउ परेका थिए । विभिन्न जे’लमा सार्दै उनलाई १४ वर्षयता दमदम केन्द्रीय सुधार गृहमा राखिएको थियो ।

उनीसँगै जे’ल बसेका राधेश्याम दास नामका एक भा’रतीय नागरिकले दुर्गाप्रसादका बारेमा वेष्ट बंगाल रेडियो क्लबलाई जानकारी दिएका थिए । वेष्ट बंगाल रेडियो क्बलको पहलमा नेपालमा रहेका उनका भाइ प्रकाशचन्द्र (काकाका छोराले) गत मंसिर २ गते दाइको अवस्थाबारे जानकारी पाएका थिए ।

त्यसयता दाइको रि’हा’इका लागि उनले पहल गर्दै आएका थिए । गत १० फागुनमा जे’लमा पुगेर दाइलाई भेटेका प्रकाशचन्द्रले ११ फागुनमा कोलकातास्थित उच्च अदालतमा दाइको रि’हा’इका लागि निवेदन दिएका थिए । भारतीय अदालतमा तिम्सिनाको मु’द्दा दीपक जैसीको नाममा चलिरहेको छ ।

ह’त्या अभियोग लागे पनि त्यसलाई पुष्टि गर्ने कुनै ब’लियो प्रमाण छैन । प्रमाणका रूपमा सन् १९८० मा दार्जिलिङका नैन घ’लेले दिएको जा’हेरी मात्र छ । तर, विनासुनुवाइ उनलाई भारतले ४१ वर्षदेखि ब’न्दी बनाइरहेको थियो । गत बुधबार उच्च अदालत कोलकाताले भाइ प्रकाशचन्द्रको रो’हबरमा उनलाई छाड्ने आदेश दिएसँगै उनी रि’हा भएका हुन् ।

शुक्रबार भाइले सबै कागजी प्रक्रिया पूरा गरेपछि दुर्गाप्रसाद शनिबार छुटे । उनका लागि कोलकाताका अधिवक्ता हिरक सिन्हालगायतको टोलीले निःशुल्क ब’हस गरेका थिए । तर, दुर्गाप्रसादले पूर्णरूपमा न्याय पाएका छैनन् । अदालतले उनको दि’मा’गी हालत ठीक नभएको भन्दै त’त्काललाई छा’ड्ने आदेश दिएको हो ।

यद्यपि उनको मु’द्दाको अन्तिम फै’सला भएको छैन । ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत दाइको अवस्था ६÷६ महिनामा अदालतमा जानकारी गराउनुपर्छ,’ उनी भन्छन्, ‘न्या’य कसरी पाइयो र ? दाइको फै’सला भएको छैन । दि’मागी अवस्था ठीक नभएको भनेर छा’डिएको मात्र हो ।’