केपी ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हु’र्काएको बताएका छन् ।पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्,” उनले भने, “केपीलाई विदेशीले हु’र्काएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हु’र्काइएको छ ।”त्यस्तै उनले आफ्नो कुनै जा’त नरहेको बताएका छन् ।

छु’वाछुतवि’रुद्धको दिवसका अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले प्रचण्डभित्र सबै जा’त मिसिएको बताए ।उनले भने, ‘म त जा’त त्या’गेको मान्छे । प्रचण्ड जा’त होइन । प्रचण्डभित्र द’लित छ, आदिवासी छ, महिला छ, मु’स्लिम छ । पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र । म कम्युनिष्‍ट बनेकै द’लितबाट हो ।’

आफू बच्चैदेखि द’लितको सँ’धि’यार भएर बसेको र ड’ण्डिबियो खेल्ने साथीहरू नै द’लित थिए भन्दै प्रचण्ड भन्नु नै द’लित हो भने । आफूले कम्युनिष्‍ट पार्टीको सदस्यता पनि रूपलाल विश्वकर्मा र रणेन्द्र बराइलीबाट प्राप्त गरेको स्म’रण समेत उनले गरे ।दाहालले द’लितका अधिकार केपी ओलीबाट खो’सिन थालेको भन्दै एकपटक फेरि ल’ड्’नुपर्ने अवस्था आएको र आफू बाँचुन्जेल ल’ड्ने बताए ।