नेपालमा कोरोनाको दोश्रो लहर शुरु ? सभा जु’लुस नगर्न सरकारको आग्रह

काठमाडौं : सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जु’लुस, र्‍या’ली, भेला जस्ता सा’मूहिक जमघट नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो।

‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जु’लुस, स’म्मेलन, गो’ष्ठी, सेमिनार, भीँ’डभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध छ’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।त्यस्तै, मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मा’पदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेको छ।

गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रा’स नेपालमा पनि भएकाले सतर्कता अप’नाउन अनुरोध गरेका हुन् । उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भनेका छन् । उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मा’पदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन् ।

उता भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण ती’व्र गतिमा फैलिएको छ ।त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण ती’व्र गतिमा फैलिरहेको छ ।

सङ्क्रमण फैलिएपछि केही ठाउँमा ल’कडाउन गरिएको छ भने केही ठाउँमा क’डाइ गरिएको छ ।मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन ल’म्ब्याइएको छ ।गु’जरात र पन्जाबका केही सहरमा रात्रिकालिन क’र्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज ब’न्द गरिएको छ ।

यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।परीक्षण गर्न अ’स्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् ।