अब घर बाहिर निस्किनु अघि यो सूचना पढ्नुहोला, सर्वसाधारणको लागि ओली सरकारले लगायो भर्खरै नयाँ नियम !

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार सोही अवधिमा १०६ जना कोरोनामुक्त भएका छन् भने कोही संक्रमितको ज्यान गएको छैन ।

आज थपिएकामध्ये ४१ जना काठमाडौं उपत्यकाका रहेका छन् । आज काठमाडौंमा ३४, भक्तपुरमा २ र ललितपुरमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८१ जनाको पीसीआर परीक्षण भयो ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ९२१ रहेको छ ।

मृ’तकको संख्या ३ हजार १६ रहेको छ । अहिले सक्रिय संक्रमितको संख्या ९६९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण छिमेकी देश भारतमा ब’ढ्न थालेपछि सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थाले पछि सतर्कता अपनाउन आग्रह गरेका हुन्।

उनका अनुसार सामाजिक तथा भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को अनिवार्य प्रयोग गर्नु पर्नेछ। उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मा’पदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न पनि आग्रह गरेका छन्।छिमेकी देश भारतमा को’भिड–१९ को संक्रमणको त्रा’स नेपालमा पनि भएकाले सतर्कता अपनाउन उनको आग्रह छ । गौतमले सभा, जु’लुस, र्या’ली जमघट, भेला, सेमिनार, गोष्ठी बैठक र भी’डभाड नगर्न आग्रह गरेका हुन्।