नक्कली सेनानी बनेर पोखरा अन्तर्राष्ट्रिय एअरपोर्ट छिरेका विक पक्राउ

काठमाडौं- आइतबार बेलुकाको साढे ५ हुँदै थियो । पोखरा महानगरापालिका-१४ मा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानास्थलमा एक पुरुष प्रवेश गर्छन् । उनको उपस्थिति त्यहाँ रहेका सेनालाई शं’कास्पद लाग्छ । सेना ती पुरुष भएको ठाउँमा पुग्छन् ।

ती पुरुष पनि सेनाकै कपडामा थिए ।ती पुरुषसँग नेपाली सेनाको सहायक से’नानी दर्जाको द’ज्र्यानी चिह्नसहित चु’स्ता, बु’ट, भगवती दल गण पोखराको परिचय पत्र र फ्लाइरोज लेखिएको वाकी टकी पनि थियो । तर पनि उनको गतिविधि शं’कास्पद लागेपछि सेनाले उनलाई सोधपुछ गर्‍यो । तर उनी नक्कली पुष्टि भए ।

नेपाली सेनाको से’नानी भन्दै पोखरा अन्तर्राष्ट्रिय एअरपोर्ट छि’रेका मुस्ताङ थासाङ गाँउपालिका वडा नं ४ बस्ने बर्ष १८ को बिपिन लगुन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।नेपाली सेनाको टोलीले चे’कजाँच गर्दा नेपाली सेनामा कार्यरत नभएको पाएपछि सेनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा आवश्यक अनुसन्धान तथा का’रवाहीको लागि प्रतिवेदन पठाएको थियो ।

नेपाली सेनाको सहायक से’नानी दर्जाको दज्र्यानी चिह्नसहित चु’स्ता, बु’ट, भगवती दल ग’ण पोखराको परिचय पत्र र फ्ला’इरोज लेखिएको कालो रंगको नक्कली वा’किटकी रेडियो सेट थान १ सहित हि’डिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।