सु’त्केरीलाई श्रीमानले छोडेर हिडेपछि कोठामै सहयोग लिएर पुगे यी मनकारी युवा !

काठमाडौँको काँडाघारीमा बस्ने सु’त्केरी विनिता भुजेललाई आज खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । श्रीमान्ले छा’डेर गएपछि डेढ महिनाकी सु’त्केरी विनितालाई घरखर्च चलाउन स’मस्या भएको राससमार्फत समाचार सार्वजनिक भएपछि आज नगद र खाद्यान्नसहित गरेर झण्डै रु २५ हजार बरा’बरको सहयोग गरिएको छ ।

काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता सु’त्केरी भएको २१ दिनमा श्रीमान् देवकुमारले छा’डेर गएपछि उहाँलाई अहिले दैनिकी च’लाउन धौ’धौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सु’त्केरीको रोदन : मुठी सा’स र थोपा र’गत रहे’सम्म छाड्दिन भन्थ्यो…’ शीर्षकमा समाचार सार्व’जनिक गरेको थियो ।

उक्त समाचार थाहा पाएर धादिङ घर भई हाल जर्मनी’मा बस्ने आशिका तामाङले झण्डै रु १५ हजार ब’राबरको नगद र खाद्यान्न सहयोग गर्नुभयो । उहाँले सञ्चा’लन गरेको आशिका फाउन्डेशनमार्फत काठमाडौँ बस्ने तनहुँका सन्दीप बस्नेतले आज रु चार हजारभन्दा बढीको ग्यास, खाद्यान्न र नगद रु १० हजार हस्तान्तरण गर्नुभयो ।

काँडाघारीस्थित कोठामै पुगेर सहयोग हस्तान्तरण गर्दै बस्नेतले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । उहाँले पारिवारिक सम’स्याका कारण पढाइ छाडेकी १२ वर्षीया छोरी सुमित्राको पठनपाठनमा पनि सहयोग गर्ने प्र’तिबद्धता जनाउनुभयो ।

गो’ल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास पावरका महा’प्रबन्धक प्रितमकुमार काफ्लेले पनि आजै विनितालाई नगद रु १० हजार सह’योग गर्नुभएको छ । उहाँले सु’त्केरी विनितालाई एक्लै हुँदाको पीडामा केही राहत मिलोस् भनेर सहयोग गरेको बताउनुभयो ।काफ्लेले उप’लब्ध गराउनुभएको रकम राससकर्मी नारायण ढुङ्गानाले कोठामै पुगेर हस्ता’न्तरण गर्नुभएको थियो ।

समाचारमार्फत विनिताको सम’स्या थाहा पाएर अमेरिकामा बस्ने सरिता गुरुङले पनि रु १० हजार सहयोग गर्ने घो’षणा गरिसक्नुभएको छ । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रति’बद्धता आएको छ ।चौध वर्षअघि प्रेम विवाह भएकामा अहिले विनिता २१ दिनको सु’त्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन ।

उहाँले अर्कै महिला लिएर भागेको विनिताको आरो’प छ । उहाँले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्कि’एको र २९ गतेदेखि सम्पर्क’विहीन भएको बताउनुभयो । श्रीमान्को खोजीका लागिसमेत उहाँले सबैमा अनुरोध गर्नुभएको छ । खोजी गरिदिन भन्दै प्रहरीमा समेत उजू’री परेको छ । –