पश्चिम सिड्नीका कैयौं क्षेत्र डु’बानमा, सतर्क रहन नेपालीहरुलाई दूतावासको अपिल !

सिड्नी ।अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यको पश्चिमी क्षेत्रमा लगातार परेको पानीबाट बा’ढी र डु’वान हुन थालेपछि हजारौं मानिसहरुलाई घर छा’ड्न र सुरक्षित ठाउँमा जान आदेश दिइएको छ । पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ ।

त्यहाँ रहेको निपियन नदीमा पानीको सतह ख’तराको संकेतभन्दा माथि पुगेको छ । यसका कारण तल्लोत’टीय क्षेत्रमा रहेको उत्तरी रिचमण्ड, विन्डसर, साकभिल लगायतका क्षेत्रमा त्रा’स बढेको छ । न्यूसाउथवेल्स राज्यको आपतकालीन सेवा विभागका कमिश्नर डेनियल अस्टीनले प्रभावित क्षेत्रका लागि चे’तावनी जारी गरिएको र स्थितिलाई निकै नजिकबाट नि’यालीरहेको प्रतिक्रिया दिएका छन् ।

उनले यी क्षेत्रमा बसोबास गर्नेहरुलाई सा’वधान रहन पनि भनेका छन् ।न्यूसाउथवेल्सकी प्रिमियर ग्ले’डिस बे’रेजिक्लिनले न्यूक्यासल एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको जानकारी दिइन् ।दुई दिनअघिको भारी भार्षात र हा’वाहुरीका कारण प्रभावित बनेको पोर्ट मक्वाईरीका मेयर पेटा पिन्सनले त्यहाँका अधिकांश घरहरु डु’बेका कारण स्थानीयलाई लगाउने लुगाकै स’मस्या भएको बताइन् ।

उनले नयाँ लुगा दिन पनि अपिल गरेकी छिन् ।यसैबीच संघीय सरकारले बाढी र आँधी प्रभावित बनेका १६ काउन्सिल क्षेत्रमा प्रकोप भुक्तानीलाई ब’ढाएको छ । उनीहरुले आर्थिक सहायताको लागि आवेदन दिन सक्नेछन् । आईतबार राति ९ बजेसम्म आ’पतकालीन सहयोगका लागि ८ हजार फोन कलहरु आएको र ८ सय उ’द्धार गरिसकिएको जानकारी प्राप्त भएको छ ।

यसैबीच, सिड्नीको पानीको मुख्य श्रोत मानिने वारागम्बा बाँ’ध भरिएको छ । शनिबार दिउँसो ४ बजे नै भरिएको यो बाँधको माथिबाट पानी ब’ग्न थालेको कारण स्थिति चु’नौतीपूर्ण बनेको छ ।यसैबीच अष्ट्रेलियाका लागि नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरुलाई सतर्क रहन र बाढी अनि आँ’धीको जो’खिमबारे सचेत रहन अपिल गरेको छ ।

दूतावासले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रकाशित गर्दै कुनै आ’पतकालीन अवस्था आइपरेको बेला स्थानीय ईमर्जेन्सी सेवाको फोन नम्बरमा सम्पर्क गर्न वा दूतावासमा आफ्नो अवस्थाबारे जानकारी दिन भनेको छ । अर्कोतर्फ, न्यू’साउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले पनि यस्तै सूचना जारी गर्दै कुनैपनि आ’पतकालीन अवस्थामा सहायताका लागि आफुहरु तयार रहेको जानकारी दिएको छ । बाढी प्र’भावित क्षेत्रहरुमा नेपाली समेत बसोबास गर्ने भएपनि अहिलेसम्म स्थिति नियन्त्रणमै रहेको बु’झिएको छ ।