भक्तपुरमा ग्याँस सिलिण्डर प’ड्किँदा ६ जना घा’इते

काठमाडौं । भक्तपुरको एक म:म पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर प’ड्किएर आ’गलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आ’गलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आ’गलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घा’इते भएका छन्। उनीहरु डा.ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रि’फर भैसकेका छन् ।

यस्तै, आ’गलागीमा ३ जना ग्राहक पनि घा’इते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक- ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् ।

उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रि’फर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । घा’इते ६ जनाकै शरीरका विभिन्न भाग ज’लेको छ ।