आफ्नो जन्मदिनमा रानी मुखर्जीले दिइन् आफ्ना फ्यानलाई यस्तो र्सप्राइज

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी सुन्दरी छिन् । सन् २०१४ मा बनेको चलचित्र ‘मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् । बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले आइतबार धुमधामले आफ्नो जन्म दिन मनाइन् ।

जन्मदिनको अवसरमा सुन्दरी रानीले नयाँ फिल्मको घोषणा गरेकी छिन् । आइतबारबाट उनी ४३ वर्षमा लागिन् । हरेक फिल्ममा रानी फरक फरक भूमिकामा देखिने गर्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् ।

उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् ।रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हुन्छिन्। यो सुखद घडीमा सुन्दरी रानीले फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को घोषणा गरेकी हुन् ।

उनले घोषणा गरेको यस फिल्म २५ बर्ष लामो बलिउड करिअरकै बिशेष हुने उनले दाबी गरेकी छिन् ।फिल्ममा एक आमाको संघर्ष र लडाइको कथा बताइनेछ । फिल्मको छायांकन छिट्टै शुरु गरिनेछ । फिल्मलाई अशिमा चिब्बरले निर्देशन गर्नेछन् भने एम्मे मनोरन्जनले निर्माण गर्ने भारतीय मिडियाले उल्लेख गरेको छ ।